२ भाद्र २०८३, मंगलवार
,
Latest
एनएसएसएफ र कराते महासंघबीच सम्झौता भारतको कर्नाटक विरुद्ध नेपालको सानदार जित सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार सरकारको प्राथमिकतामा छ : शिक्षामन्त्री पोखरेल रेडक्रस सोसाइटीको जग्गा खरिदमा अनियमितता, ठगी गरेको आरोपमा ५ जना पक्राउ प्रदेशसभा सदस्य देउवा पदमुक्त ‘गण्डकी क्षेत्रका पर्यटनको प्रचुर सम्भावनालाई उजागर गरौँ’ स्थानीय निर्वाचनको तयारीमा रास्वपा, भाद्र ५ मा केन्द्रीय समिति बैठक खार्किभमा रुसी हमलामा १० जनाको मृत्यु टर्कीमा मिनीबस दुर्घटना हुँदा चार जनाको मृत्यु, १० घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप लिग–२ः नेपालले यूएईलाई ३७ रनले हरायो



अ+ अ-

काठमाडौँ। नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत यूएईविरूद्ध शान्दार जित निकालेको छ ।

नेपालले दिएको २०१ रनको लक्ष्य पछ्याएको यूएई ४८ ओभर २ बलमा सबै विकेट गुमाउँदै १६३ रनमा समेटियो । खेलमा नेपालका लागि करण केसीले सर्वाधिक चार विकेट लिए ।

यूएईका लागि हरप्रित सिंहले ३९, मुहम्मद वसीमले ३४, अक्षदीप नाथले ३० तथा आर्यान्स शर्माले १८ रन जोडे। निलान्स केसवानीले १८ रन जोडे।

बलिङतर्फ नेपालका करण केसीले ९.२ ओभरमा २ मेडेनसहित १९ रन खर्चेर चार विकेट लिए ।  यस्तै, सन्दीप लामिछानेले १० ओभरमा २ मेडेनसहित २५ रन खर्चेर दुई विकेट लिँदा सोमपाल कामीले ९ ओभरमा ५० रन खर्चेर दुई विकेट लिए । दीपेन्द्र सिंह ऐरी र ललित राजवंशीले एक–एक सफलता हात पारे ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ७५ रनको योगदान दिए । उनले ९० बलमा पाँच चौका र दुई छक्कासहित ७५ रन बनाएका हुन् ।नेपालको सुरुआत कमजोर रहँदा आसिफ शेख सात रनमै आउट भए भने कप्तान रोहित पौडेल केवल दुई रनमा पवेलियन फर्किए । त्यस्तै, कुशल भुर्तेलले २४ रन, बसिर अहमदले २० रन र करण केसीले २२ रनको योगदान दिए ।

अन्य खेलाडीहरूमा भीम सार्कीले १० तथा आरिफ शेखले र सोमपाल कामीले समान १५ रन बनाए ।

बलिङतर्फ युएईका जुनैद सिद्दिकी, अजय कुमार र खुजैमा तनवीरले समान तीन विकेट लिए ।