१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

प्युठान नगरपालिका २ मा नेकपाका पोख्रेलको जित

प्युठान नगरपालिका २ मा नेकपाका पोख्रेलको जित
अ अ+ अ-

प्युठान नगरपालिका वडा नम्वर २ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट्र पार्टी (नेकपा) का उम्मेदवार मुक्ती पोख्रेल विजयी भएका छन् । नेकपा र नेपाली कांग्रेसको प्रतिस्पर्धा रहेको यस वडामा कांग्रेसका उमेद्वार मोहन सिंह बिष्टलाई दुई सय ८४ मतको अन्तरमा हराउदैँ नेकपाका पोख्रेल विजयी भएका हुन् । पोख्रेलले एक हजार एक सय २७ मत प्राप्त गरेका छने भने प्रतिद्वन्दी बिष्टले आठ सय ४३ मत प्राप्त गरेका छन् ।

यस वडामा २५ मत बदर भएको मुख्य निर्वाचन अधिकृत एंव जिल्ला बिष्णु प्रसाद गौतमले जानकारी दिए । दुई जनाको उमेद्वारी परेको यस वडामा तीन हजार २१ मतदाता रहेका थिए । जसमा एक हजार नौ सय ९५ जनाले मात्र मतदान गरेका थिए । यस वडामा राजमोले पोख्रेललाई साथ दिएको थियो । वडा अध्यक्ष खिम बहादुर बिष्टको निधन भएपछि यस वडामा उपनिर्वाचन भएको हो ।

वडामा रहेको खानेपानी समस्या समाधान हुने:लामो समयसम्म शिक्षण पेशामा आवद्ध भई अवकाश पाएका ५४ वर्षीय पोख्रेल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला सचिवालय सदस्य हुन् । उनी पछिल्लो समय राजनीति संगै कुखुरापालन व्यवसायमा आवद्ध छन् । उनी विभिन्न संघसंस्थामा समेत आवद्ध भएको बताए । निधन भएका अध्यक्षले अगाडी वढाएका योजनाहरुलाई पुरा गर्ने उनले बताए ।

यस वडाको प्रमुख समस्याको रुपमा रहेको खानेपानी समस्यालाई पहिलो प्राथमिकतामा राखी समाधान गरिने उनले बताए । ऐरावती गाउँपालिका १ र २ वडामा भएको उपनिर्वाचनको मतगणना सुरु भएको छैन् । आईतबार विहान ७ बजे सर्वदलीय वैठक बसेपछि मात्रै मतगणना सुरु गरिने निर्वाचन अधिकृत चन्द्रदेव भारतीले जानकारी दिए । नयाँ पत्रिका दैनिकबाट