२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
दुई रुपैयाँ मात्र बेइमानी गरेको प्रमाण दिनुस्, सार्वजनिक जीवन नै त्यागिदिन्छु : अर्थमन्त्री डा.वाग्ले सोफिया तामाङ बनिन् टेकस्किल्स आईटी स्कलरसिप ग्राण्ड फिनाले २०२६ की विजेत ५६ वर्षपछि नयाँ चलचित्र ऐन आउँदै, देशभर थप ५० सिनेमा हल बनाउने बोर्डको योजना लागुऔषध नियन्त्रणका लागि नेपाल प्रहरीको तीन वर्षे कार्ययोजनाः ऐन संशोधनदेखि प्रविधि विस्तारसम्म लागुऔषध नियन्त्रणका लागि मौजुदा संरचना र कानून अपर्याप्तः निश्कल राई लागुऔषध नियन्त्रणका लागि जनचेतना र बजेटमा जोड दिन सांसद अर्यालको माग लागुऔषध नियन्त्रणमा राज्यका निकायको ‘मिलेमतो’ र कमजोर संरचनाप्रति सांसद दुलालको चिन्ता नेपालमा लागुऔषध दुर्व्यसनीको सङ्ख्यामा वृद्धिः १९ देखि ४५ वर्ष उमेर समूहका व्यक्तिहरू चपेटामा मकवानपुरको भीमफेदी–बैदमार जीप दुर्घटनामा इन्जिनियरसहित चालकको मृत्यु काठमाडौँका यी १७ ठाउँमा ३ दिनसम्म दैनिक साढे ३ घण्टा विद्युत् आपूर्ति बन्द हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

थापाथलीमा डोजरको त्रासमा निसास्सिएका सपनाहरूः घर भत्किँदा टुटेको मान्छेको सहारा (फोटो फिचर)



अ+ अ-

काठमाडौँ। आजको बिहानी थापाथलीको सुकुम्बासी बस्तीका बासिन्दाका लागि एउटा अभिशप्त बिहानी बनेर आयो।

सयौंको संख्यामा तैनाथ सुरक्षाकर्मीहरूका बीच जब डोजरले बस्तीमा प्रवेश गर्यो, तब त्यहाँ बसोवास गर्नेहरूको सानो संसार क्षणभरमै तहसनहस भयो ।

बाँस र जस्तापाताबाट बनाइएका घरहरू मात्र भत्किएनन्, ती घरहरूभित्र जोडिएका मान्छेका वर्षौंदेखिका सपनाहरू सडकमा छरपस्टिएका छन् ।

बालबालिकाको कापी–कितावदेखि वृद्धवृद्धाको ओत लाग्ने थलोसम्म डोजरको पांग्राले किचेको छ । तस्बिरमा देखिएको एक वृद्धाको कारुणिक अनुहारले धेरै कुरा बोल्छ । घर भत्किरहेको दृश्य नियालिरहँदा उनको आँखामा देखिएको शुन्यताले यो राज्य कतिसम्म कठोर हुनसक्छ भन्ने प्रश्न खडा गरेको छ ।

एउटा सामान्य ओतको लागि वर्षौंदेखि संघर्ष गरिरहेका यी मानिसहरू आज फेरि सडकमा आइपुगेका छन् । डोजरले घर त भत्कायो, तर ती मानिसहरूको मनमा पैदा भएको घाउ कहिले निको होला ? यो प्रश्न आज थापाथलीको धुलोमा उडिरहेका कागजातहरू जस्तै सडकमा छताछुल्ल भएको छ ।

आज थापाथलीको बस्तीमा केवल डोजरको आवाज सुनिएको छ, तर भत्किएका घरहरूभित्रबाट आउने रुवाइलाई सरकारले कसरी सुन्छ त्यो भने हेर्न बाँकी छ ।

तस्बिरहरुः अनुप प्रधान/न्युज एजेन्सी नेपाल




भर्खरै