३१ जेष्ठ २०८३, आईतवार
,
Latest
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने औद्योगिक कर्जाको ७२ प्रतिशत बागमतीमा केन्द्रित, कर्णालीमा ०.२५ प्रतिशत मात्रै पाँच वर्षभित्र सम्पूर्ण भवनलाई विपद् उत्थानशील बनाउने महानगरको घोषणा असार १ गतेदेखि सम्पूर्ण चिया उद्योग बन्द गर्ने व्यवसायीको चेतावनी नेपालमा आँखा उपचार सेवाको पहुँच बढे पनि अन्धोपनको जोखिम कायमै सुशासन, डिजिटल सेवा र शहरी व्यवस्थापन काठमाडौं महानगरको प्राथमिकतामा नेपाली चिया निर्यात अवरुद्धः तत्काल समाधानका लागि कूटनीतिक पहल गर्न सांसद नेम्बाङको सरकारसँग आग्रह काठमाडौं महानगरले ल्यायो फोहर व्यवस्थापनलाई ७ क्लस्टरमा विभाजन गरी सर्कुलर इकोनोमी प्रवर्द्धन गर्ने योजना काठमाडौँ महानगरद्वारा बहाल र व्यवसाय करमा स्थान र प्रयोजनअनुसार नयाँ दर निर्धारण गर्ने तयारी ‘मानवीयताको शहर’ बनाउने काठमाडौं महानगरको सङ्कल्पः ज्येष्ठ नागरिकलाई घरदैलोमै चिकित्सकदेखि चराचुरुङ्गीलाई पानीपात्रसम्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजपा नेपाल विजयी, काङ्ग्रेसका १५ मत



अ+ अ-

सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ को उपनिर्वाचनमा राजपा नेपाल विजयी भएको छ । सो पार्टीका प्रमिलादेवी यादव ५४० मत ल्याई वडाध्यक्षमा निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले जानकारी दिनुभयो । यादव नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अच्छेलाल यादवभन्दा ११ मत बढी ल्याई निर्वाचित हुनुभएको हो ।

यसअघि वडाध्यक्षमा स्वतन्त्रबाट उम्मेदवार बनेका अच्छेलाललाई आठ मतको मतको अन्तरले पराजित गरी राजपा नेपालका प्रभाकर यादव निर्वाचित हुनुभएको थियो । उहाँ जिल्ला समन्वय समितिको प्रमुखमा निर्वाचित भएपछि रिक्त सो पदका लागि उपनिर्वाचन भएको हो । निर्वाचित प्रमिला प्रभाकर यादवकी श्रीमती हुनुहुन्छ ।

मतगणनाअनुसार नेपाली काङ्ग्रेसका शिवनारायण मण्डलले १५, जनमत पार्टीका दिनेश यादवले ११, राष्ट्रिय प्रजातन्त्र पार्टीका गजेन्द्र मण्डलले दुई, स्वतन्त्र उम्मेवारहरू नुरहसन मन्सुरीले दुई र धीरेन्द्रकुमार यादवले एक मत प्राप्त गर्नुभयो । वडाध्यक्षको उपनिर्वाचनमा ७५७ पुरुष र ६४६ महिला गरी एक हजार चार सय तीन मतदाता थिए ।