६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

‘क्यानभासमा टेम्केमैयुङ’ कला प्रदर्शनी सुरु

‘क्यानभासमा टेम्केमैयुङ’ कला प्रदर्शनी सुरु
अ+ अ-

काठमाडौँ, ११ वैशाखः नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान समसामयिक चित्रकला विभागको आयोजनामा आजदेखि प्रतिष्ठानमा ‘क्यानभासमा टेम्केमैयुङ’ कला प्रदर्शनी सुरु भएको छ ।

प्रदर्शनी उद्घाटन गर्दै राष्ट्रियसभा सदस्य जयन्तीदेवी राईले भोजपुरलाई सामाजिक, सांस्कृतिक, प्राकृतिक रूपमा चिनाउन यस प्रदर्शनीले महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले कलाकृतिको अवलोकन गर्दा भोजपुर पुगेको आभास भएको धारणा राख्नुभयो ।

प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कलालाई हामीले दृष्यचित्र, दर्शनचित्र र सांस्कृतिक चित्रका रूपमा हेर्दै आएको बताउँदै यसलाई अबको अवस्थामा दर्शनसँग जोडेर पनि हेर्न आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले प्रतिष्ठानले देशका ६० भन्दा बढी जिल्ला तथा १८० भन्दा बढी पालिकामा पुगेर त्यहाँको कलाको उत्थान, प्रवर्द्धन तथा विकासमा विभिन्न कार्यक्रम गरिसकेको जानकारी दिनुभयो । कार्यक्रमका सभाध्यक्ष समसामयिक चित्रकला विभाग प्रमुख सञ्जय वान्तवाले नेपाल प्राकृतिक र सांस्कृतिक रूपमा चिनिएको बताउँदै कलालाई पर्यटन र संस्कृतिसँग जोड्नुपर्ने बताउनुभयो ।

पूर्वमन्त्री एसपी कोइरालाले नेपाली ललितकलाका क्षेत्रमा प्रतिष्ठानले गरिरहेको कार्य प्रशंसनीय रहेको बताउनुभयो । उहाँले प्रतिष्ठानको बहुआयामिक भूमिकाका बारेमा चर्चा गर्नुभयो । पूर्वमन्त्री हेमराज राईले कलाको माध्यमबाट भोजपुरको विविध क्षेत्रको प्रवर्द्धनका लागि गरेको कार्य उत्कृष्ट रहेको धारणा राख्नुभयो ।

प्राज्ञ रमेशनाथ खनालले प्रदर्शनीमा राखिएका कलाकृतिले पर्यटनलाई प्रवर्द्धन गर्न थप सहयोग गर्ने बताउनुभयो । टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले कला सृजनाको मूल स्रोत रहेको बताउँदै टेम्केमैयुङलाई क्यानभासमा उतार्ने काम भएकामा खुसी लागेको धारणा राख्नुभयो । उहाँले अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण संवर्द्धन तथा प्रवर्द्धनमा स्थानीय सरकार काम गर्न तत्पर रहेको बताउनुभयो ।

विसं २०८२ जेठ ५ गतेदेखि ७ गतेसम्म भोजपुरमा प्रतिष्ठान र टेम्केमैयुङ गाउँपालिकाको सहकार्यमा भएको कला कार्यशालामा बनाइएका कलाकृति यहाँ प्रदर्शन गरिएको छ । कलाकारहरू नारदमणि हार्तम्छाली, संजय वान्तवा, अरुणा हिङमाङ, सुस्मा श्रेष्ठ, सुनिता राणा, शिव छाङ्छा राई, विनोदकुमार गुप्ता, विवेक मुकारुङ, बिजेन राई, विष्णु थापा, विद्यमान तामाङ, धिरज राई, गणेश लामा, कान्छाकाजी भासिमा, किशोर नकर्मी, महेन्द्र राई, सगुन पोखरेल, सुमन श्रेष्ठ, तारा राई, तिलक राई, युशोदाकुमारी लम्सालले सृजना गर्नुभएको ४२ कलाकृति प्रदर्शनीमा राखिएका छन् । प्रदर्शनी वैशाख १४ गतेसम्म सञ्चालन हुनेछ ।

समारोहमा राष्ट्रियसभा सदस्य दुर्गा गुरुङ, राष्ट्रियसभा सदस्य श्रीकृष्ण अधिकारी, प्रतिष्ठानका पदाधिकारी, नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञपरिषद सदस्य राजन मुकारुङ, भोजपुर सेवा समाजका अध्यक्ष पासाङ दोर्जे शेर्पा, चोमोलुङ्मा युनेस्को समाजका अध्यक्ष हरिवंश किरात, किरात रुङ्गमाहाङ समाजका अध्यक्ष नवीनकुमार राईलगायतको सहभागिता थियो । रासस