१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

दन्त परीक्षण शिविरबाट आठ सय लाभान्वित



अ+ अ-

पर्वत। पर्वतको फलेवास नगरपालिका-खानीगाउँमा सञ्चालन भएको पाँच दिने निःशुल्क दन्त परीक्षण शिविर सम्पन्न भएको छ ।

ग्रामीण भेगका नागरिकलाई लक्षित गर्दै सञ्चालन गरिएको उक्त शिविरमा आठ सय जना दन्तरोगीको निःशुल्क उपचार गरिएको छ ।

धुलिखेल अस्पताल तथा काठमाडौँ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सको संयुक्त आयोजनामा सञ्चालन भएको शिविरमा ७९१ जनाको उपचार गरिएको हो । दाँत सफा गर्ने, भर्ने, उखेल्ने, चम्काउने, मुख तथा दन्त रोगको परीक्षण र परामर्श लगायतका सम्पूर्ण सेवा निःशुल्क रूपमा प्रदान गरिएको आयोजकले जनाएको छ ।

सामान्यतया महँगो पर्ने दन्त उपचार सेवा गाउँमा निःशुल्क पाइएपछि सेवाग्राहीहरू लाभान्वित भएका छन् । शिविरमा विशेषज्ञ डा स्वागत महन्त र नीरज ढ्याकुसहित १७ जनाको स्वास्थ्य टोली खटिएको थियो भने ५० जना दन्तरोगसम्बन्धी अध्ययनरत विद्यार्थीले प्रत्यक्ष रूपमा सेवा प्रदान गरेका थिए ।

शिविरमा पर्वत जिल्ला र छिमेकी बागलुङ जिल्लाबाट सर्वसाधारण उपचारका लागि आएका थिए । विशेषगरी दाँत दुख्ने, गिँजासम्बन्धी समस्या, कीरा लाग्ने तथा पुराना दन्त समस्याबाट पीडित नागरिकले शिविरबाट लाभ लिएको धुलिखेल अस्पताल फलेवासले जनाएको छ । रासस