२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
ओलीलाई रास्वपा सदस्य देखाइएको नक्कली पोस्टरबारे संसदमा प्रश्न, दोषीमाथि कारबाहीको माग राज्य व्यवस्था समितिद्वारा कार्यविधि मस्यौदा र विभिन्न उपसमितिहरू गठन, कारागार र अख्तियारको अनुगमन गरिने सरकारसँग एमाले सांसद सुब्बाको मागः मेची राजमार्ग सडक सीमा भित्रको भौतिक संरचना हटाउने निर्णय तत्काल… भक्तपुर अस्पतालमा सरकारी स्तरमै पहिलो पटक रोबोटिक सर्जरी सेवा सुरु हुने मध्य पूर्वमा बढ्दो सङ्कटको कूटनीतिक समाधान गर्न महासचिव गुटेरेसको आग्रह भन्सार कर छली प्रकरणमा अर्थमन्त्रीले संसदीय समितिमा समेत झुटो बोल्नुभयोः ज्ञानबहादुर शाही गृह मन्त्रालयलाई थप स्रोत चाहियो, बजेट वृद्धि गर्न गृहमन्त्री गुरुङको आग्रह ‘नामी ओपन हाउस कार्निभल २०८३’ आयोजना हुँदै बिपी अस्पताल सुधार गर्ने प्रतिबद्धता अनुमतिबिनै सञ्चालित ‘मारिया अस्पताल’ बन्द, सञ्चालकमाथि कारबाही प्रक्रिया सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकार डेलचन्द्र शर्माको ‘माटो र म’ कृति सार्वजनिक



अ+ अ-

काठमाडौँ। लामो समय अमेरिकामा बस्नुभएका पत्रकार डेलचन्द्र शर्माको पहिलो कृतिका रूपमा ‘माटो र म’ सार्वजनिक भएको छ ।

साहित्यिक पत्रकार सङ्घ र मिलाप म्यागेजिनले आज यहाँ संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा कविता र निवन्ध मिश्रित विधामा रहेको शर्माको कृति सार्वजनिक गरिएको हो ।

दुईतिहाइ निवन्ध र एकतिहाइ कविता रहेको पुस्तक १२० पृष्ठको छ । सबै पृष्ठ रङ्गीन रहेको पुस्तक हेर्दै आकर्षक र पढुँपढुँ लाग्ने स्वरुपमा सजाइएको छ ।

पुस्तक विमोचन समारोहमा वरिष्ठ पत्रकार प्रा पुरुषोत्तम दाहालले विभिन्न कारणले विदेश पुगेका धेरै नेपालीले आफ्नो अधिकांश समय नेपाल र नेपालीलाई गाली गरेर बिताउने गरेकामा ‘माटो र म’ कृतिका लेखकलाई भने आफूले फरक पाएको बताउनुभयो ।

लेखक शर्मा नेपाल रहँदा पत्रकारिता पेसामा संलग्न रहनुभएको जानकारी दिँदै उहाँले पुस्तक प्रकाशन गरेर लेखकले रचनात्मक काम गर्नुभएको बताउनुभयो । पछिल्लो पुस्ताले राम्रो साहित्य लेखिरहेकाले त्यसको अध्ययन गर्नुपर्ने उहाँको भनाइ थियो ।

पुस्तकका विषयमा समीक्षात्मक मन्तव्य व्यक्त गर्नुहुँदै प्रा सरु पोखरेलले पुस्तकको अध्ययनबाट लेखकभित्र रहेको रचनात्मक र सृजनात्मक क्षमताको जानकारी पाइने बताउनुभयो । पत्रकार चन्द्रमणि गौतमले नेपाली गद्य र पद्य साहित्यमा ‘माटो र म’ कृति सम्पदाका रूपमा स्थापित भएको बताउनुभयो । लेखकले कृतिमा आममानिसको मर्म बोल्न सफल हुनुभएको बताउनुभयो ।

लेखक शर्माले चम्पु साहित्यका रूपमा आफूले पुस्तक बजारमा ल्याएको जानकारी दिनुभयो । नेपाल र अमेरिकाको बसाइका क्रममा पनि आफूले दुवै देशको पत्रकारिताको अवस्था उस्तै पाएको उहाँले बताउनुभयो ।

विगतमा शर्मासँगै पत्रकारिता गरी हाल व्यवसाय गरिरहनुभएका विष्णु न्यौपानेले विदेशमा बस्ने नेपाली पढ्नैपर्ने पुस्तकका रूपमा ‘माटो र म’ सार्वजनिक भएको विचार राख्नुभयो ।

कार्यक्रममा साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकाली, मिलाप म्यागेजिनका प्रधानसम्पादक कृष्ण भुसाल र गीता अधिकारीलगायतले कृतिले नेपाली साहित्यमा पुर्याएको योगदानका बारेमा चर्चा गर्नुभएको थियो । रासस




भर्खरै