१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

निजामती कर्मचारीको उमेर हद ६० वर्ष, २ वर्ष कुलिङ पिरियड



अ+ अ-

काठमाडौं: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती सेवा विधेयकमा सुझाव दिन सात दिनको समयावधि राखेर सुझाव माग गरेको छ ।

निकै चासोका साथ हेरिएको यस विधेयकमा सरकारले निजामती कर्मचारीको उमेर ६० वर्ष बनाउन प्रस्ताव गरिएको छ भने माथिल्लो निकायमा कार्यरत उच्च पदस्थ कर्मचारीका लागि २ वर्षको कुलिङ पिरियड राखिएको छ ।

यस्तै प्रस्तावमा निजामती सेवाभित्र ट्रेड युनियन रहने प्रावधान हटाइएको छ, तर गुनासो सुन्न प्रभावकारी व्यवस्था गरिने छ ।  यस्तै आरक्षणको सुविधा एक पटक मात्र दिइने भएको छ ।

प्रशासन सेवालाइ तहगत प्रणालीमा राखिएको छ । मुख्य सचिवलाइ चौधौं तह मानिएको छ । उनको पदावधि २ वर्षको मात्र हुनेछ ।  यस्तै १३औं तहका विशिष्ट कर्मचारीको सेवा अवधि पनि २ वर्ष तोकिएको छ ।

राजनीतिक गतिविधिमा संलग्न रहेको पाइए भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी बर्खास्त गरिने प्रावधान पनि प्रस्तावित विधेयकमा राखिएको छ ।

 

निजामती विधेयकमा राखिएका नयाँ व्यवस्थाहरु