७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन

सैन्य आधार तालिमबाट ९७ जना सैनिकहरू दीक्षित

सैन्य आधार तालिमबाट ९७ जना सैनिकहरू दीक्षित
अ+ अ-

गण्डकी। नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटरअन्तर्गत बागलुङको घोडाबाँधेस्थित कालीजङ्ग गणमा सञ्चालित सिसं ९ सैन्य आधार तालिमबाट ९७ जना सैनिक जवान दीक्षित भएका छन् ।

आज सैन्य आधारभूत तालिमको समापनसँगै अन्तिम दलेल कवाज प्रदर्शन गरिएको कालीजङ्ग गणका गणपति प्रमुख सेनानी शिवबहादुर अधिकारीले जानकारी दिनुभयो ।

दलेल कवाजको पश्चिम पृतना हेडक्वाटरका पृतनापति उपरथी भोलानाथ थापासहित उच्च सैनिक अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखलगायत विशिष्ट व्यक्तिहरूले निरीक्षण एवं अवलोकन गरेका थिए । त्यसक्रममा उपरथी थापाले नौमहिने सैन्य आधार तालिममा उत्कृष्ट सैनिक जवानहरूलाई पुरस्कार वितरण गर्नुभएको थियो ।

कार्यक्रममा सम्बोधन गर्दै उपरथी थापाले राष्ट्र, जनता र सेनाप्रति बफादार रही सैनिक सेवामा समर्पित रहन सकल दर्जालाई निर्देशन दिनुभयो । उहाँले सैनिक मर्यादा र अनुशासनको पालना गर्दै उच्च व्यावसायिक धर्म निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । उपरथी थापाले शिक्षा र तालिमलाई समयानुकूल परिमार्जन गर्दै लैजाने बताउनुभयो ।

“राष्ट्रको मेरुदण्ड सेना भएकाले सेना बलियो भएमात्र देश बलियो हुन्छ”, उहाँले भन्नुभयो, “दक्ष, तालिमप्राप्त, अनुशासित र कर्तव्यनिष्ठ सैनिक सेनाको मेरुदण्ड हो ।” उहाँले राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताको संरक्षणका लागि नेपाली सेना कटिबद्ध भएर अघि बढ्ने बताउनुभयो ।

सैन्य आधार तालिममा सर्वोकृष्ट हुने सैनिक जवान सुदेश मगरलाई श्रेष्ठताको प्रतीक स्वरूप खुकुरीद्वारा पुरस्कृत गरिएको थियो । कार्यक्रममा फायरिङ विधामा उत्कृष्ट राजन विष्ट, ड्रिल विधामा उत्कृष्ट सुनिल लिम्बू, १२ किलोमिटर दौडमा उत्कृष्ट पवन लंवा, पाँच किलोमिटर दौडमा दिपेन रसाइली, बाधापार विधामा उत्कृष्ट सरोज राईँलाई उपरथी थापाले पुरस्कार वितरण गर्नुभयो ।

तालिम समापन समारोहमा श्री नं २३ बाहिनी अड्डा बागलुङका सहायक रथी विजय केसी, जिल्लास्थित जनप्रतिनिधिहरू, सुरक्षा निकायका प्रमुख, दीक्षित सैनिक जवानका परिवारजनलगायतको उपस्थिति थियो । रासस