१ आश्विन २०८३, बिहीबार
,
Latest
प्रहरीले बरामद गरेको एक हजार ३१५ किलोग्राम गाँजा नष्ट सहकारीको ऋणको अधिकतम ब्याजदर १३ प्रतिशत कायम करदाता प्रोत्साहन उपहार कार्यक्रम : भदौका ३३ विजेता आज घोषणा हुँदै काठमाडौं महानगरमा २ लाख १० हजार भवन र १२ हजार ८११ सडकको डिजिटल नक्साङ्कन सडकमा देखिएका समस्या तथा क्षतिको जानकारी उपलब्ध गराउन ‘सडक सुझाव’ मोबाइल एप सञ्चालनमा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा पाउँदाको खुसी नेपालले घरेलु मैदानमा बङ्लादेशविरुद्ध ‘सिरिज’ खेल्ने नारायणी लिफ्ट–खगेरी सिँचाइ आयोजना : विद्युत् खर्च ४२ लाखसम्म अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि भारत प्रस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचकमा झिनो अङ्कको सुधार



अ+ अ-

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज झिनो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ५४ अङ्कले बढेर दुई हजार ७८८ दशमलव ७० को बिन्दुका कायम भएको हो ।

यो शून्य दशमलव शून्य पाँच प्रतिशतको वृद्धि हो । विगत चार कारोबार दिनयता गिरावट आएको शेयर बजारमा आज झिनो अङ्कको सुधार देखिएको हो । अघिल्लो दिन नेप्से परिसूचक दुई हजार ७८७ को बिन्दुमा पुग्दा रु पाँच अर्ब नौ करोड ५९ लाख पाँच हजार ७५७ दशमलव १७ को कारोबार भएको थियो । आज रु पाँच अर्ब २७ करोड तीन लाख ९९ हजार ७२७ दशमलव ६४ को कारोबार भएको छ ।

आज ८८ कम्पनीको शेयर मूल्य बढेको छ भने १६७ कम्पनीको मूल्य घट्नुका साथै १४ कम्पनी स्थिर रहेका छन् । आज ३५१ कम्पनीको एक करोड २१ लाख ७४ हजार ५१६ कित्ता शेयर ७५ हजार २२९ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब २७ करोड तीन लाख ९९ हजार ७२७ दशमलव ६४ को कारोबार नेप्सेले जनाएको छ । आज सबैभन्दा बढी अन्य समूहको परिसूचक एक दशमलव शून्य दुई प्रतिशतले घटेको छ ।

त्यस्तै, फाइनान्स शून्य दशमलव ६२, निर्जीवन बिमा शून्य दशमलव शून्य छ, जीवन बिमा शून्य दशमलव २६, माइक्रोफाइनान्स शून्य दशमलव ३५ र लगानी शून्य दशमलव शून्य दुई प्रतिशतले घटेको छ ।

व्यापार समूह शून्य दशमलव ५८, होटल तथा पर्यटन समूह शून्य दशमलव ३२, बैंकिङ शून्य दशमलव २२, विकास बैंक शून्य दशमलव २२, हाइड्रोपावर शून्य दशमलव २५ र उत्पादन तथा प्रशोधन समूहको शेयर मूल्य शून्य दशमलव ६६ प्रतिशतले बढेको छ ।

आज सबैभन्दा बढी पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेड, शिखर पावर डेभलपमेन्ट लिमिटेड र माइखोला हाइड्रोपावर लिमिटेडको शेयरमा सकारात्मक सर्किट लागेको छ ।