१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कास्की २ मा विद्या साढे ८ हजार मतले अघि, ५ वडाको मतगणना बाँकी



अ+ अ-

पोखरा । कास्‍की २ को प्रतिनिधिसभा सदस्य नेकपा उम्मेदवार विद्या भट्टराई ले ८ हजार ४ सय २६ मतान्तरले अग्रता लिएकी छन् ।

यो मतान्तर २०७४ सालमा रवीन्द्र अधिकारीले जिते बराबरकै मतान्तर हो । ११ वडामध्ये अझै ५ वडाको मतगणना बाँकी नै छ ।

नेकपा उम्मेदवार विद्याले १७ हजार ६ सय ५० मत ल्याउँदा र कांग्रेस उम्मेदवार खेमराज पौडेलले ९ हजार २ सय २४ मत ल्याएका छन् । ७१ हजार ८ सय ७१ मतदाता रहेको कास्की क्षेत्र नम्बर २ मा ४५ हजार ५ सय ६३ मात्र खसेको थियो ।