३० जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने जलवायु परिवर्तनको प्रभाव प्रजनन स्वास्थ्यमा,निःसन्तान समस्या २० प्रतिशतले बढाएको विज्ञको दाबी पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो कोलकातामा नाट्टा गण्डकीको पर्यटन प्रवर्द्धन: पोखरा र पश्चिम बंगालबीच सहकार्यको नयाँ आधार श्रम ऐन लागू गर्न माग गर्दै प्रशिक्षार्थी चिकित्सकहरु आन्दोलित नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरोः सञ्चारमन्त्री डा तिमिल्सिना सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी कार्कीलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रम्पद्वारा इजरायल र लेबनान बीचको युद्धविराम ३ हप्ताका लागि थपिएको घोषणा



अ+ अ-

काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीवार इजरायल र लेबनान बीचको हालको १० दिने युद्धविरामलाई तीन हप्ताका लागि थप गरिने घोषणा गर्नुभएको छ ।

वाशिंगटनमा बिहीवार दिउँसो दुई देशबीच राजदूतस्तरीय वार्ता भएलगत्तै यो घोषणा सार्वजनिक भएको हो । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा एक पोस्ट गर्दै संयुक्त राज्य अमेरिकाले लेबनान सरकारलाई हिजबुल्लाहबाट सुरक्षा प्रदान गर्न मद्दत गर्ने बताउनुभएको छ ।

राष्ट्रपति ट्रम्पले ओभल अफिसमा इजरायल र लेबनानका प्रतिनिधिहरूसँग भेट गर्नुभएको थियो । उक्त बैठकमा अमेरिकी उपराष्ट्रपति जेडी भेन्स, विदेश सचिव मार्को रुबियो र इजरायल तथा लेबनानका लागि अमेरिकी राजदुतहरूको पनि उपस्थिति रहेको थियो ।

गत हप्ता ट्रम्पले नेतान्याहू र आउनलाई अर्को एक वा दुई हप्तामा ह्वाइट हाउसमा भेट्ने अपेक्षा गरेको बताउनुभएको थियो । उहाँले दुवै पक्षले शान्ति सम्झौता गर्नसक्ने आशा व्यक्त गर्नुभएको छ ।

जसले हिजबुल्लाहको मुद्दालाई पनि सम्बोधन गर्नेछ । इजरायल र लेबनानबीचको १० दिने युद्धविराम अप्रिल १६ देखि लागू भएको थियो । यो इरानविरुद्धको अमेरिकी–इजरायली द्वन्द्वका बीच हप्ताौँसम्म चलेको सीमापार लडाइँपछि भएको हो ।

वर्तमान युद्धविरामका क्रममा लेबनानको दक्षिणी सीमामा तनाव जारी रहेकाले यो युद्धविराम अझै नाजुक अवस्थामा छ । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल