१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृषिउपज सङ्कलन केन्द्र सञ्चालमा



अ+ अ-

तनहुँ। निर्माण सम्पन्न भएको पाँच वर्षपछि शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा कृषिउपज सङ्कलन केन्द्र सञ्चालनमा आएको छ ।

खैरेनीटार महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाले केन्द्र सञ्चालन गरेको हो । लामो समयदेखि प्रयोगमा नआएको उक्त केन्द्र रु दुई करोड ३० लाखमा निर्माण गरिएको हो ।

कृषि उत्पादन प्रोत्साहन तथा बजारीकरण परियोजनाअन्तर्गत बीउपँुजी घुम्ती कोष सञ्चालन कार्यक्रम सञ्चालनका लागि हालै नगरपालिका र सहकारीबीच सम्झौता भएपछि बिहीबारदेखि केन्द्र सञ्चालन भएको हो ।

नगर प्रमुख कृष्णराज पण्डितले कानुनी प्रक्रिया पुर्याएर कृषिउपज सङ्कलन तथा बिक्री केन्द्र सञ्चालनका लागि यस अगाडि प्रयास गरिए पनि कोही सम्पर्कमा नआउँदा ढिलाइ भएको राससलाई बताउनुभयो ।

शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा निर्माण भएको केन्द्रमा रु दुई करोड ३० लाख लगानी भएको छ । रासस