११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने

उपनिर्वाचन: २ हजार ९७ मतअन्तरले बागलुङ २ प्रदेश (ख) मा राजमो शाहीले मारे बाजी

उपनिर्वाचन: २ हजार ९७ मतअन्तरले बागलुङ २ प्रदेश (ख) मा राजमो शाहीले मारे बाजी
अ अ+ अ-

बागलुङ । शनिबार सम्पन्न बागलुङ क्षेत्र नम्बर २ प्रदेश (ख) को उपनिर्वाचनमा बाम गठबन्धनको साझा उम्मेदवार राष्ट्रिय जनमोर्चाका खिमबिक्रम शाही विजयी भएका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको समर्थन पाएको राष्ट्रिय जनमोर्चाका उम्मेदवार शाहीले नेपाली कांग्रेसका उम्मेदवार जीत शेरचनलाई २ हजार ९७ मत पछि पार्दै विजयी भएका हुन ।

शाहीले ११ हजार २ सय ३५ मत प्राप्त गरेका छन् भने शेरचनले ९ हजार १ सय ३८ मत प्राप्त गरे । यस क्षेत्रमा २०७४ को प्रदेश सभा निर्वाचनमा साविकको नेकपा एमाले र माओवादी केन्द्रको समर्थनमा वामगठबन्धनबाट उम्मेदवार बनेका राष्ट्रिय जनमोर्चाका स्व। टेकबहादुर घर्तीले ११ हजार ८ सय ८४ मत प्राप्त गरि बिजयी भएका थिए । त्यसबेला पनि घर्तीका प्रत्यासी रहेका कांग्रेसका शेरचनले ८ हजार ६ सय ६४ मत प्राप्त गरेका थिए । उक्त चुनावमा ३ हजार २ सय ६० मतको अन्तर थियो । यो अन्तर अहिले १ हजार भन्दा बढीले घटेको छ ।

सांसद घर्तीको असामयिक निधन भए पछि यस क्षेत्रमा उपनिर्वाचन भएको हो । आठ राजनीतिक दल र दुई स्वतन्त्र गरि १० उम्मेदवार चुनावी मैदानमा थिए । जसमध्ये समाजवादी पार्टीका अशोक कुमार बिकले ३ सय १६ मत प्राप्त गरे । नेकपाबाट बागी उम्मेदवार रहेको स्वतन्त्र उम्मेदवार शेरमान घर्तीको क्लिप चिन्हमा ९५ मत परेको छ । घर्ती बाम गठबन्धनका उम्मेदवार जिताउन अन्ततः सक्रिय भए पनि एक समूह फरक जिल्लाको एजेण्डा सहित उनको क्लिप चिन्हमा भोट माग्दै हिडेको थियो ।

यसैगरि, मंगोल नेशनल अर्गनाईजेशनका मित्र बहादुर मगरले ४५, स्वतन्त्र उम्मेदवार सन्तोष भण्डारीले २८, राप्रपा संयुक्तका निमबहादुर भण्डारीले ३६, संघीय राष्ट्रिय लोकतान्त्रीक मञ्चका अनिल कुमार राईले ८, राष्ट्रिय जनमुक्ति पार्टीका याम बहादुर आलेले ३३ र राप्रपाका गणेश बहादुर कुँवरले ३७ मत प्राप्त गरेका छन् । कुल ३५ हजार १ सय ८४ मतदाता रहेको यो क्षेत्रमा २१ हजार ३ सय ९६ अर्थात ६१ प्रतिशत मत खसेको थियो । जस मध्ये ४ सय २५ मत बदर भएको मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानेले जानकारी दिए

बागलुङकै बडिगाड गाउँपालिका वडा नं. २ मा वडाअध्यक्षका लागि भएको उप–निर्वाचनमा नेकपाका ढालेन्द्र शेरचन बिजयी भएको थिए । शेरचन निकटम प्रतिद्धन्दी नेपाली काँग्रेसका डिलबहादुर रानालाई २ सय ९२ मतले पछि पार्दै विजयी भएका थिए । शेरचनले ७ सय ४ मत ल्याएका छन भने रानाले ४ सय १२ ल्याएका छन । त्यसैगरी समाजबादी पार्टीका हरिलाल रााले ६ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालले जनाएको छ ।

कुल १ हजार ७ सय ४२ मतदाता मध्ये १ हजार १ सय ३४ मतदाताले मात्र मतदान गरेका थिए । ति मध्ये १२ मत बदर भएको छ । अघिल्लो निर्वाचनमा पनि तत्कालिन एमालेका विष्णुप्रसाद भुषालले विजयी हासिल गरेका थिए । भुसाल जिल्ला समन्वय समितिको उपप्रमुख भएपछि रिक्त अध्यक्ष पदमा उपनिर्वाचन भएको हो ।

को हुन खिमविक्रम शाही ? राजमोका उम्मेदवार खिम विक्रम शाही पार्टीका जिल्ला सदस्य हुन् । उनी अखिल नेपाल युवक संघका जिल्ला उपाध्यक्ष हुँदै हाल जिल्ला सदस्यमा पुगेका छन । निसीखोला गाउँपालिका–३ बोहोरागाउँका शाही निमावी तहको शिक्षकको अस्थायी जागिरे थिए । शिक्षण पेशा छोडेर सक्रिय शाही, पाका र विश्वासीले नेताको रुपमा परिचित रहेका छन ।

शिक्षण पेशाबाट निवृत्त भएपछि राजनीतिमा सक्रिय भएका हुन् । उनि यस अघिको स्थानिय तहको निर्वाचनमा निसीखोला गाउँपालिकामा काँग्रेसका उम्मेदवार तारानाथ पौडेल सँग पराजित भएका थिए । विशेषत यस क्षेत्रमा काँग्रेस र गठबन्धनकै प्रतिष्पर्धा भएको थियो । नयाँ पत्रिका दैनिकबाट