११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने

प्रदेश र स्थानीय सरकारमा समन्वयको अभाव

प्रदेश र स्थानीय सरकारमा समन्वयको अभाव
अ अ+ अ-

कालीकोट । केन्द्रीकृत राज्य प्रणालीभन्दा विकेन्द्रित राज्य प्रणालीमा मनपरी देखिएको छ । स्थानीय सरकारसँग प्रदेश सरकारले समन्वय नगर्दा पुरानो परिवेशभन्दा सङ्घीयतामा मनपरी बढेको जनप्रतिनिधिले बताउने गरेका छन् । प्रदेश सरकारले स्थानीय तह केन्द्रित गरी पठाउने विकास बजेटमा मनपरी भएको समाचार धेरै पटक सार्वजनिक भइसकेको छ । सान्नी त्रिवेणी गाउँपालिकाअन्तर्गत त्रिवेणी पाटनमा बनाएको धर्मशाला, कृषि नमुना गाउँ सान्नी त्रिवेणी र माल्कोटलाई सहकारी नमुना गाउँ (होमस्टे) बनाउन आएको बजेटमा चरम दुरुपयोग भएको समाचार सार्वजनिक भइसकेका छन् ।

यस्ता धेरै योजनामा प्रदेशले स्थानीय सरकारसँग समन्वय नगर्दा दुरुपयोग बढेको रास्कोट नगरपालिका प्रमुख काशीचन्द्र बरालले बताए । उनले तलदेखि माथिसम्म पुरानै सोच र पहुँचलाई आधार मानी प्रदेश सरकारले आफूखुसी योजना बनाएर बजेट पठाउँदा नागरिकले आवश्यकतानुसार विकास भएको महसुस नगरेको बताए । नगरप्रमुख बरालले बजेटकै अभावमा हामी विद्युत् उत्पादन जस्ता योजना अगाडि बढाउन नपाएर केन्द्र सरकारसँग माग गरिरहेका तर प्रदेश सरकारले धर्मशाला, मन्दिर, नमुना सहकारी गाउँ बनाउनेलगायतका शीर्षकमा ठूलो बजेट खर्च गरेकाले नागरिकमा निराशा बढेको बताए ।

रास्कोट नगरपालिकाले मात्र गत आर्थिक वर्षमा नगर सभा हुँदै जिल्ला सभामा पारित गराएर प्रदेशलाई ३७ योजनाका लागि बजेटको माग गरेको थियो । तर, मागअनुसार एउटा पनि योजना प्रदेश सरकारको योजनामा समेटिएन । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका नातागोता र उहाँलाई घेरामा राख्नेले अरू नै योजना बनाएर बजेट ल्याएर र काम गराएको आरोप स्थानीय सरकारका पदाधिकारीको छ । यस्तो समस्या कालीकोट जिल्लाभरिकै हो । सान्नी त्रिवेणी गाउँपालिका अध्यक्ष डम्बरबहादुर शाहीले धर्मशाला निर्माणलगायतका प्रदेशका योजनामा गाउँपालिकालाई कुनै पनि जानकारी नभएकाले योजनामा दुरुपयोग भएको बताए ।

ग्रामीण पहँच कार्यक्रम (र्याप थ्री)ले ३३ करोड रुपियाँभन्दा बढी बजेट खर्च गरेर बनाएको बाटोमा प्रदेश सरकारले दुई करोडको ठेक्का आह्वान गरी सडकलाई थप विकास गर्ने भनेको छ । तर, सडक विकासका नाममा बनेको सडकमा स्काभेटर लगाएर बिर्गान थालिएको रास्कोट नगरपालिका–६ का अध्यक्ष टक्कबहादुर फर्सालले बताए । सडक चौडा बनाउने नाममा प्रदेशको योजनाले मानवीय स्रोतबाट बनेको राम्रो सडकलाई स्काभेटर लगाएर पहिरो निम्ताउन खोजिएको रास्कोटका नागरिकको भनाइ छ ।

दुई करोड रुपियाँको ठेक्का निर्माण कम्पनीले ९२ लाखमा लिएको छ । ९२ लाख खर्च गर्नका लागि आजभोलि रास्कोटको स्तरीय सडकमा स्काभेटर चलिरहेको छ । उसो त निर्माणको जिम्मा लिएका रास्कोटकै सनेसबहादुर शाहीलाई पनि चित्त बुझेको छैन । चौडा गर्न जग्गाधनीले दिएका छैनन् । खाली दुःख मात्र भयो, आफ्नो काम सरकारले भनेअनुसार गर्ने हो, हामी के भनौँ, निर्माण व्यवसायी शाहीले बताए । गोरखापत्र दैनिकबाट