२१ भाद्र २०८३, आईतवार
,
Latest
कृष्णभीर पहिरोको दीर्घकालीन समाधानका लागि दुई विकल्पमा अध्ययन आन्तरिक राजनीतिभन्दा विपद् पीडितको राहत र उद्धारमा काँग्रेस लाग्छः गगन थापा नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक १० घण्टा आंशिक रोक भोटेकोशी बाढी : १३ हजारभन्दा बढीको उद्धार, अझै ५ हजार बेपत्ता बालेनलाई गगनले भने– संयुक्त राष्ट्रसंघको महासभामा तथ्य र प्रमाणसहित प्रश्तुत हुनुस्, आफ्नो सचिवालयको मात्रै भर… भोटेकोशी बाढीः युद्धस्तरमा उद्धार र पुनःस्थापना गर्न नेता लामाको आग्रह विपद् व्यवस्थापन र भौतिक पूर्वाधारको सुरक्षा संवेदनशीलतामा गम्भीर समीक्षा आवश्यक छः सभापति थापा बेपत्ता व्यक्तिलाई मृत मान्न नसकिने वर्तमान कानूनी व्यवस्था संशोधन गरियोस्ः गगन थापा मुक्त हलियाको समस्या स्थायी रूपमा समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री भट्ट टिपरको ठक्करबाट एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

तनहुँमा इ-पेन्सन सेवा सुरु



अ+ अ-

काठमाडौं । सङ्घीय सरकारको अर्थ मन्त्रालयले सुरु गरेको इ-पेन्सन सेवा तनहुँबाट कार्यान्वयनमा आएको छ ।

जिल्लामा सुरु गरिएको सेवाअन्तर्गत भानु नगरपालिकाबाट निवृत्त शिक्षा अधिकारी ध्रुवराज पौडेल पहिलो सेवाग्राही बन्नुभएको छ । निवृत्तीभरण अधिकारपत्र प्राप्त गर्दै पहिलो सेवाग्राही बन्न पाउँदा गोरवान्वित महसुस गरेको पौडेलले प्रतिक्रिया दिए ।

उनका अनुसार अब कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) मार्फत अधिकारपत्रसँगै सञ्चित बिदाको रकम र उपचार खर्चसमेत एकै ठाउँबाट प्राप्त गर्न सकिने व्यवस्था भएको छ ।

यसले समय, श्रम र खर्च बचत हुनुका साथै सूचना प्रविधिको प्रभावकारी प्रयोगमार्फत सेवा प्रवाहलाई थप सहज बनाएको उनले बताए  । कोष तथा लेखा नियन्त्रण कार्यालय तनहुँ (कोलेनिका) का प्रमुख अशोकराज खनालले इ-पेन्सन सेवा सेवाग्राहीमैत्री र पारदर्शी बनाउने उद्देश्यले सुरु गरिएको बताए ।

उनले भने, “डिजिटल माध्यमबाट पेन्सनसम्बन्धी सेवा प्रवाह गर्दा सेवाग्राहीले छिटो, सहज र झन्झटमुक्त सेवा पाउनेछन् । यसले सुशासन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिएका छौँ ।”