११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने

राजा वीरेन्द्रले प्रयोग गरेका दुई जहाज नारायणहिटीमा राखिँदै

राजा वीरेन्द्रले प्रयोग गरेका दुई जहाज नारायणहिटीमा राखिँदै
अ अ+ अ-

काठमाडौं । राजा वीरेन्द्र र राजपरिवारले प्रयोग गर्दै आएका एकरएक हवाईजहाज र हेलिकोप्टर नारायणहिटी दरबार संग्रहालयमा राखिने भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षनजिक ह्याङ्गरमा राखिएका ती हवाईजहाज र हेलिकोप्टर संग्रहालयमा राख्न सरकारले तयारी थालेको बताइएको छ। यसका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नारायणहिटी दरबार संग्रहालयले अध्ययन गरिरहेका छन्।

यसै सिलसिलामा केही दिनअघि मन्त्रालयका उच्च अधिकारी र संग्रहालयका कर्मचारी विमानस्थल पुगेका थिए। तर हाल नेपाली सेनाको ११ बाहिनीको रेखदेखमा रहेका यी दुई जहाज नेपालमा कहिले ल्याइएको थियो भन्ने जानकारी प्राप्त हुनसकेको छैन।राजा वीरेन्द्रको शासनताका रोयल विभागको मातहतमा विमान सञ्चालन हुने गरेको थियो। ‘नारायणहिटी संग्रहालयमा राख्ने तयारी गरेका हौं, यसबारे प्रारम्भिक अध्ययन भएको छ, राख्नेरनराख्ने विषयमा निर्णय हुन बाँकी छ।’ संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले भने।

सेनाले अध्ययन गरी मन्त्रालयलाई जानकारी गराएपछि ती जहाज उक्त संग्रहालयलाई हस्तान्तरण गरिनेछ। संग्रहालयमा ल्याएपछि अवलोकन शुल्क तोकी दुईटै जहाज एभिएसन म्युजियममा राखिनेछ। सेनाले सरकारलाई लैजान आग्रह गरेपछि मन्त्रालयले म्युजियममा राख्ने तयारी गरेको हो। सेना, मन्त्रालय र संग्रहालयलबीच दुई संग्रहालयमा राख्नेबारे पटकपटक छलफल भइसकेको छ। तीनै निकायका अधिकारीले संस्कृति मन्त्रालयमा प्रतिवेदन बुझाएपछि थप अध्ययन गरी नेपाल भ्रमण वर्षलगत्तै नारायणहिटी दरबार संग्रहालयको राहदानी विभागनजिकैको फरासखानामा राखिनेछ।

ती जहाजका सबै पार्टपुर्जा भए पनि चलाउन सक्ने अवस्थामा नरहेको स्रोतले जनाएको छ। थोत्रो भइसकेका ती जहाज राजा वीरेन्द्रको शासनकालमा रोयल फ्लाइटका लागि प्रयोग गरिन्थ्यो। हाल थन्किएको पुमा हेलिकोप्टर विमान चालकसमेत रहनुभएका राजा वीरेन्द्र त्यसलाई आफैले चलाउने गरेका थिए। नेपाल समाचारपत्र दैनिकबाट