५ श्रावण २०८३, मंगलवार
,
Latest
बर्डफ्लूको प्रभाव हटेसँगै अण्डाको भाउ बढ्यो, किसानलाई राहत डा देवेन्द्रराज पाण्डेको साधाना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो: राष्ट्रपति पौडेल कर्णालीका सडक पूर्वाधारको अनुगमन गरेर फर्के मन्त्री लम्साल ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता तयारी पोसाक उद्योगको विकास र प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी बाँके जिल्ला प्रहरीमा २१६ मुद्दा दर्ता ३ प्रतिशत समता कर तत्काल लागू नगर्ने सरकारको निर्णय जलस्रोत संरक्षणका लागि कानूनी नियमन आवश्यक छः ऊर्जामन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री गौतम र जापानका राजदूत माएदा तोरुबीच शिष्टाचार भेट, कानूनी सुधार र प्रविधि नियमनमा सहकार्य विस्तारबारे छलफल



अ+ अ-

काठमाडाैँ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमसँग नेपालका लागि जापानका राजदूत माएदा तोरुले शिष्टाचार भेट गर्नुभएको छ।

नवनियुक्त मन्त्री गौतमलाई जापानी राजदूत माएदा तोरुले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको हो।

भेटका क्रममा दुई पक्षबीच कानून सुधारका विषयमा भइरहेको विगतको सहकार्यलाई निरन्तरता दिने विषयमा छलफल भएको छ। साथै सूचना प्रविधि तथा आर्टिफिसियल इन्टेलिजेन्सको तीव्र विकाससँगै बदलिँदो विश्व परिवेशमा उपयुक्त नियमनका लागि आवश्यक कानूनी संरचना विकास गर्ने विषयमा जोड दिइएको छ।

त्यस अवसरमा द्विपक्षीय सहकार्यका थप सम्भावित क्षेत्रहरू पहिचान गर्ने विषयमा पनि छलफल भएको जनाइएको छ। नेपाल सरकार आवश्यक परेका विषयमा छलफल तथा सहकार्यका लागि खुला रहेको सन्देश पनि मन्त्री गौतमले जापानी पक्षलाई दिनुभएको बताइएको छ।

नेपाल–जापानबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउने र कानूनी तथा नीतिगत क्षेत्रमा आपसी सहकार्य विस्तार गर्ने विषयमा दुवै पक्ष सकारात्मक देखिएका छन्।