११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपद् व्यवस्थापन प्राधिकरणले भन्योः विपद् व्यवस्थापनमा स्रोत, साधन छैन



अ+ अ-

काठमाडौं । सरकारले विपद् व्यवस्थापनका लागि आवश्यक स्रोत तथा साधनको अभाव रहेको स्वीकार गरेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा यस्तो जानकारी गराएको हो ।

प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले विपद् व्यवस्थापनका लागि पर्याप्त स्रोत–साधन उपलब्ध नभएकाले निजी क्षेत्रसँगको सहकार्यलाई विस्तार गर्नुपरेको स्पष्ट पारे।

उनका अनुसार मनसुनजन्य विपद् व्यवस्थापनका क्रममा आवश्यक पर्ने हेलिकप्टर, डुंगा र ड्रोनजस्ता साधन निजी क्षेत्रको सहयोगमा परिचालन गर्नुपर्ने अवस्था छ ।

भट्टले गत वर्षदेखि सुरु गरिएको सहकार्य यस वर्ष पनि निरन्तर रहेको जानकारी दिँदै काठमाडौं उपत्यकाभित्रको हेलिकप्टर उद्धार सेवा निजी क्षेत्रले निःशुल्क उपलब्ध गराउने र उपत्यका बाहिर न्यूनतम लागतमा सेवा दिने व्यवस्था गरिएको बताए।

उनले भने, “हामीसँग सामग्रीको अभाव छ । त्यसैले ड्रोनका लागि दुई वटा एसोसिएसनसँग सम्झौता गरेका थियौं । आवश्यक परेको बेला ड्रोन र पाइलट उपलब्ध गराउने, साथै उहाँहरूको खाना र बसोबासको व्यवस्थापन प्राधिकरणले गर्ने व्यवस्था गरिएको थियो । हेलिकप्टर उद्धारका लागि पनि गत वर्षदेखि निजी क्षेत्रसँग सहकार्य भइरहेको छ । डुंगाको अभाव भएकाले ¥याफ्टिङ एसोसिएसनसँग पनि सम्झौता गरेका छौं । यस वर्ष पनि थप सहकार्यका सम्भावना खोजिरहेका छौं ।”

प्राधिकरणले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन स्थानीय तहलाई ढल तथा खोलानाला अवरुद्ध नहुने गरी सरसफाइ र पूर्वतयारी गर्न पत्राचार गरिएको जनाएको छ ।

स्थानीय सरकार नै विपद् व्यवस्थापनको पहिलो जिम्मेवार निकाय भएकाले आवश्यक तयारी र समन्वयलाई थप प्रभावकारी बनाइँदै लगिएको प्राधिकरणले स्पष्ट पारेको छ ।