९ भाद्र २०८३, मंगलवार
,
Latest
मधेस प्रदेश : गत आवमा ८२१ उद्योग बन्द टाइफुन नाराका कारण दक्षिण चीनमा भीषण बाढीः करिव ४ हजार नागरिक सुरक्षित स्थानमा सारिए लाल सागरमा साउदी तेल ट्याङ्कर र सैन्य बलमाथि हुथी समूहद्वारा आक्रमणको दाबी पूर्वी प्रशान्त क्षेत्रमा अमेरिकी सेनाको कारबाहीः लागुऔषध तस्करीमा संलग्न रहेको आशङ्का गरिएको डुङ्गामाथि आक्रमण, दुई… राप्ती आँखा अस्पतालमा एक वर्षमा १४ हजार जनाको मोतियाविन्दुको शल्यक्रिया खर्च गर्न नसकिने बजेट किन बनाउँछन् स्थानीय तह ? पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै तीन हजारले लिए छुट सुविधा यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

तनहुँमा १५ शय्याको ‘व्यास नगर अस्पताल’ भवन निर्माण



अ+ अ-

काठमाडाैँ । तनहुँकाे व्यास नगरपालिका–१० दुम्सीबजारमा १५ शय्याको ‘व्यास नगर अस्पताल’ भवन निर्माण सम्पन्न भएको छ । व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेले भवनको बुधबार शुभारम्भ गर्दै नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकता दिएर आवश्यक जनशक्ति र उपकरणसहित व्यवस्थापनमा ध्यान दिएको बताए।

व्यास नगरपालिकाका योजना शाखा प्रमुख डा राजु पौडेलले अस्पताल भवन रु ९६ लाख ३८ हजारको लागतमा निर्माण सम्पन्न भएको र उपकरणसहित हाल कूल रु दुई करोड ६६ लाख लागत पुगेको जानकारी दिए । अस्पतालका प्रमुख मेडिकल अधिकृत डा नविना न्यौपानेले स्थानीयस्तरमै सेवा विस्तार हुनुले बिरामीलाई बाहिर जानुपर्ने बाध्यताको अन्त्य हुने विश्वास लिएको बताए।