२ भाद्र २०८३, मंगलवार
,
Latest
एनएसएसएफ र कराते महासंघबीच सम्झौता भारतको कर्नाटक विरुद्ध नेपालको सानदार जित सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार सरकारको प्राथमिकतामा छ : शिक्षामन्त्री पोखरेल रेडक्रस सोसाइटीको जग्गा खरिदमा अनियमितता, ठगी गरेको आरोपमा ५ जना पक्राउ प्रदेशसभा सदस्य देउवा पदमुक्त ‘गण्डकी क्षेत्रका पर्यटनको प्रचुर सम्भावनालाई उजागर गरौँ’ स्थानीय निर्वाचनको तयारीमा रास्वपा, भाद्र ५ मा केन्द्रीय समिति बैठक खार्किभमा रुसी हमलामा १० जनाको मृत्यु टर्कीमा मिनीबस दुर्घटना हुँदा चार जनाको मृत्यु, १० घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यान्चेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा, आर्सनल फेरि हिस्स ?



अ+ अ-

इङलिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटीले बर्न्लीलाई १-० ले पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लिएको छ।

यो हारसँगै बर्न्ली भने यो सिजन रेलिगेसनमा परेको छ।

सिटीको जितमा फरवार्ड एर्लिङ हालान्ड नायक बने। उनले खेलको पाँचौँ मिनेटमै गोल गर्दै टोलीलाई अग्रता दिलाए। जेरेमी डोकुको पासमा बल पाएका हालान्डले गोल गरेका थिए ।

आर्सनल र सिटीले समान ३३ खेल खेलेर समान ७० अंक भए पनि सिटीले बढी गोल गरेका कारण आर्सनललाई पछि पार्दै शीर्ष स्थानमा पुगेको हो।

बर्न्लीका गोलकिपर मार्टिन डुब्राभ्काले खेलभर केही उत्कृष्ट बचाउ गरे। उनले रायन चेर्की र निको ओ’राइलीका प्रहार रोकेका थिए । तर बर्नलीले पनि निकै राम्रा मुभ बनाएर सिटीको पोस्टमा प्रहार गरेको थियो ।

१७औँ स्थानको वेस्ट ह्याम युनाइटेडभन्दा बर्न्ली १३ अंकले पछाडि छ। अब ४ खेल मात्र बाँकी छ।

बुधवारको‌ अर्को खेलमा बोर्नमाउथ र लिड्सले २-२ को बराबरी खेलेका छन्।

पछिल्लो अंक तालिका