३१ जेष्ठ २०८३, आईतवार
,
Latest
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने औद्योगिक कर्जाको ७२ प्रतिशत बागमतीमा केन्द्रित, कर्णालीमा ०.२५ प्रतिशत मात्रै पाँच वर्षभित्र सम्पूर्ण भवनलाई विपद् उत्थानशील बनाउने महानगरको घोषणा असार १ गतेदेखि सम्पूर्ण चिया उद्योग बन्द गर्ने व्यवसायीको चेतावनी नेपालमा आँखा उपचार सेवाको पहुँच बढे पनि अन्धोपनको जोखिम कायमै सुशासन, डिजिटल सेवा र शहरी व्यवस्थापन काठमाडौं महानगरको प्राथमिकतामा नेपाली चिया निर्यात अवरुद्धः तत्काल समाधानका लागि कूटनीतिक पहल गर्न सांसद नेम्बाङको सरकारसँग आग्रह काठमाडौं महानगरले ल्यायो फोहर व्यवस्थापनलाई ७ क्लस्टरमा विभाजन गरी सर्कुलर इकोनोमी प्रवर्द्धन गर्ने योजना काठमाडौँ महानगरद्वारा बहाल र व्यवसाय करमा स्थान र प्रयोजनअनुसार नयाँ दर निर्धारण गर्ने तयारी ‘मानवीयताको शहर’ बनाउने काठमाडौं महानगरको सङ्कल्पः ज्येष्ठ नागरिकलाई घरदैलोमै चिकित्सकदेखि चराचुरुङ्गीलाई पानीपात्रसम्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपनिर्वाचन २०७६ : साना दल र स्वतन्त्रको जमानत जफत



अ+ अ-

काठमाडौं । भक्तपुर क्षेत्र नं १ (क) मा सम्पन्न प्रदेशसभा सदस्य पदको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारले १० भोेट पनि नघाउन सकेनन् । नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच मुख्य प्रतिस्पर्धा देखिए पनि साना दललाई ५०० र स्वतन्त्र उम्मेदवारलाई १० भोट ल्याउन मुश्किल पर्यो।

काँग्रेसका उम्मेदवार कृष्णलाल भँडेलले १३ हजार ४४९ मत पाएर विजयी भइरहँदा नेकपाका उम्मेदवार डिपी ढकालले ११ हजार २०६ मै चित्त बुझाउनुपर्यो। नेपाल मजदूर किसान पार्टीका उम्मेदवार नीरज लवजूलाई २०७४ सालको प्रदेशसभा सदस्यमा आफैले पाएको मत जोगाउन गाह्रो भयो । उहाँ गत निर्वाचनभन्दा दुई हजार मत कम अर्थात पाँच हजार ८२९ मत मै खुम्चिनुभयो ।

आफ्ना लालकिल्ला भत्किँदै गएको पत्तो नपाएको नेमकिपालाई आफ्नो मत सुरक्षित गर्न समस्या पर्यो भने कमल थापा नेतृत्वको राप्रपाले यसपटक निकै कम मतमा चित्त बुझाउनुपर्यो ।

उपनिर्वाचनमा कूल ३२ हजार ३७ मत खस्दा राप्रपाका उम्मेदवार श्यामप्रसाद नेपालको भागमा भने जम्मा ५७४ मत मात्रै पर्यो । त्यस्तै साझा पार्टीले ५०० मत पनि नघाउन सकेन । साझा पार्टीका उम्मेदवार सुरज प्रधानले ३९३ मत पाउनुभयो भने अन्य दलले १०० मत पनि पु¥याउन सकेनन, स्वतन्त्रले १० पनि कटाउन सकेनन् ।

नेकपा (माले)का उम्मेदवार सुदर्शन लामिछानेले ३७, समाजवादी पार्टीका सुदर्शनकुमार मुनुकर्मीले ३२, सङ्घीय लोकतान्त्रिक राष्ट्रियमञ्चका उम्मेदवार मिङ्मार लामाले ५ र नेपाली काँग्रेस (बिपी)का मधुसुदन न्यौपानेले मात्रै २ मत मात्रै प्राप्त गर्नुभयो ।

स्वतन्त्रतर्फ सबभन्दा बढी २८ मत जीवनचन्द्र अधिकारीले पाउनुभयो भने उत्तम शाखकर्मीले ७, जीवन नेपालीले ७, राकेश सुवालले ५, सुमना कार्की ५ मत, अर्जुन कोजू ४, कृष्णप्रसाद ह्योगोले ४, कृष्णराम पोतामाहा २, सङ्गीता पौडेल आचार्य २ र सुजाता देउजाले १ मत प्राप्त गर्नुभयो ।
उपनिर्वाचनमा नेकपा, काँग्रेस र नेमकिपा बाहेक अन्य दल र स्वतन्त्र उम्मेदवारको जमानत जफत भएको छ । प्रदेशसभा सदस्य पदमा १९ जनाले उम्मेदवारी दिएकामा १६ उम्मेदवारको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।


जमानत जफल हुनेमा राष्ट्रिय प्रजातन्त्र पार्टी, साझा पार्टी, नेकपा (माले), समाजवादी पार्टी, सङ्घीय लोकतान्त्रिक मञ्च र नेपाली काँग्रेस (बीपी) को जमानत जफत भएको छ भने सबै स्वतन्त्र उम्मेदवारको जमानत जफत भएको छ । निर्वाचन भएको क्षेत्रमा सदर भएको कूल मतको १० प्रतिशत मत पनि ल्याउन नसक्ने उम्मेदवारको जमानत जफत हुने व्यवस्था छ ।