२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत
तपाईं के खोज्दै हुनुहुन्छ ?

सशस्त्र प्रहरीको रजत महोत्सवमा सीडीसीएन अध्यक्ष राधा मताङ्गी सम्मानित



अ+ अ-

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको २५औं स्थापना दिवस २०८२ तथा रजत महोत्सवको अवसरमा सामुदायिक विकास केन्द्र नेपाल (सीडीसीएन) की अध्यक्ष राधा मताङ्गी सम्मानित भएकी छन्। उनलाई सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय, सुर्खेतबाट सम्मानपत्र प्रदान गरिएको हो।

सम्मान प्राप्तिपछि मताङ्गीले यस उपलब्धिलाई व्यक्तिगतभन्दा पनि सामुदायिक विकास केन्द्र नेपाल (सीडीसीएन) परिवारको साझा प्रयास, समर्पण र सेवाको मूल्यांकनको रूपमा लिएको बताइन्। “आजको यो सम्मानले मेरो मन अत्यन्त भावुक र कृतज्ञ बनाएको छ। हाम्रो सानो प्रयासले समाजमा सकारात्मक प्रेरणा दिन सक्छ भन्ने विश्वास अझ बलियो भएको छ,” उनले भनिन्।

उनले विशेष रूपमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल तथा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक एवं निमित्त बाहिनीपति विनोद राज श्रेष्ठप्रति आभार व्यक्त गरिन्, जसले संस्थाको योगदानलाई पहिचान गरी सम्मान गरेको बताइन्।

मताङ्गीका अनुसार यस सम्मानले जिम्मेवारी अझ बढाएको छ र आगामी दिनमा अझ बढी प्रतिबद्धता, सेवा र सकारात्मक परिवर्तनका लागि काम गर्ने प्रेरणा मिलेको छ। उनले साथ, सहयोग र विश्वास गर्ने सम्पूर्णप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सामूहिक रूपमा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरिन्।




भर्खरै