१८ श्रावण २०८३, सोमबार
,
Latest
नेपाल उद्योग वाणिज्य महासङ्घका थप तीन विषयगत समिति गठन सेवाग्राहीसँग घुस मागेको आरोपमा वन कार्यालय प्रमुखविरुद्ध मुद्दा सशस्त्र प्रहरीद्वारा अवैध सामान बरामद ‘ट्राफिक प्रहरीको उद्देश्य सवारी दुर्घटना कम गर्नु हो, जरिवाना लिनु होइन’ जागरण अभियान सञ्चालन गर्दै एमाले कांग्रेस संसदीय दलको बैठक सुरु साँस्कृतिक तथा राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान दिइने, कार्यविधिमाथि सञ्चारमन्त्रीद्वारा सरोकारवालासँग छलफल सूक्ष्म, साना तथा मझौला उद्योगलाई जोगाउन पुनरुत्थान कार्यक्रम आवश्यक : पूर्वअर्थमन्त्री खनाल सुर्खेतको मालिका सामुदायिक वनमा ३९ लाख हिनामिना, ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा १० प्रतिशत निःशुल्क शय्या सेवामा मन्त्रालयको कडाइ,सबै अस्पतालका सम्पर्क व्यक्तिहरूको विवरण सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

सफलता र उपलब्धिको जस लिए जसरी नै पराजय र क्षतिको पनि जिम्मेवारी लिनु पर्छ: उपाध्यक्ष पौडेल



अ+ अ-

काठमाडौं । नेकपा (एमाले) उपाध्यक्ष विष्णुप्रसाद पौडेलले समयको निर्देश अनुरूप समग्र पार्टीलाई पुनर्गठन गर्न र नेपाली कम्युनिस्ट आन्दोलनलाई नयाँ ढङ्गले अगाडी बढाउन जरूरी रहेको बताउनु भएको छ ।

नेपाल कम्युनिस्ट पार्टीको ७७औं स्थापना दिवसका अबसरमा उपाध्यक्ष पौडेलले यस्तो बताउनु भएको हो ।

उहाँले नीति, नेतृत्व, संगठन र कार्यशैलीमा रहेका हाम्रा गल्ति, कमजोरीहरूलाई उद्घाटित गर्न, स्वीकार गर्न र सच्याउन जरूरी रहेको पनि जनाउनु भएको छ ।

हाँले भन्नुभएको छ हामीले सफलता र उपलब्धिको जस लिएजसरी नै पराजय र क्षतिको पनि जिम्मेवारी लिन जरूरी छ ।

सामाजिक संञ्जालमा उहाँले लेख्नुभएको छ

पार्टी स्थापनाको नेतृत्व गर्ने कमरेडहरू पुष्पलाल, नरहहादुर कर्मचार्य, निरञ्जन गोविन्द वैद्य, नारायण विलास जोशी र मोती देवीप्रति श्रद्धा र सम्मान गर्ने दिन । जनताको वहुदलीय जनवाद जस्तो युग सुहाउँदो, गतिशील र लोकतान्त्रिक सिध्दान्त प्रतिपादन गर्ने जननेता मदन भण्डारीबाट प्रेरणा लिने दिन । कम्युनिस्ट आन्दोलनका सम्पूर्ण शहीदहरू र मनमोहन अधिकारी लगायत सम्पूर्ण अग्रजहरूलाई आदरपूर्वक स्मरण गर्ने दिन । नेपाली कम्युनिस्ट आन्दोलनका उपलब्धि र कमजोरीहरूको समिक्षा गर्न,तीनबाट शिक्षा लिन र अगाडी बढ्न संकल्प गर्ने दिन ।

नेपाल कम्युनिस्ट पार्टीको स्थापना सबै प्रकारका निरङ्कुश शासनको अन्त्य, लोकतान्त्रिक शासन ब्यवस्थाको स्थापना र समृद्धि, सामाजिक न्याय र समाजवादको उद्देश्य प्राप्तीका लागि भएको थियो ।

पार्टी स्थापना देखि आजसम्म आईपुग्दा नेपाली कम्युनिस्ट आन्दोलनले असाधारण उपलब्धि हासिल गरेको छ र कहालीलाग्दो क्षति पनि बेहोरेको छ । संविधान सभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रमा आधारित संविधान घोषणा भएपश्चातको दशक कम्युनिस्ट पार्टीले झण्डै दुइतिहाइको सरकार गठन गर्न सफल भएको दशक र नेपाली कम्युनिस्ट आन्दोलनको इतिहास कै सबैभन्दा ठूलो असफलता र पराजयको दशक बन्न पुगेको छ ।

सरकारको नेतृत्व गरेको हाम्रो पार्टी २०८२ भदौ २४ सम्म आइपुग्दा नराम्रोसंग सडकमा पछारिएको छ । फागुन २१ गते सम्पन्न निर्वाचनमा नेपाली मतदाताको अत्यधिक ठूलो हिस्साले हाम्रो पार्टीलाई अस्वीकार गरेकाछन् । हामी प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको १६५ मध्ये ९ स्थान र समानुपातिक समेत कूल २७५ मध्ये २५ स्थानमा खुम्चिन बाध्य भएका छौं ।

हामीले कुनै द्विविधा राख्नु हुँदैन, हिजोको सफलतामा हाम्रो योगदान र योग्यताको निर्णायक भूमिका थियो र आजको असफलता र पराजयमा पनि हाम्रै गल्ति, कमजोरी र अयोग्ताको निर्णायक भूमिका छ ।

अब हामीले अविलम्ब समग्र नेपाली कम्युनिस्ट आन्दोलनको, विशेष गरी बिगतको एक दशकको र पछिल्लो पटक सरकारको नेतृत्व गर्दा देखि आम निर्वाचन सम्पन्न हुदा सम्मको वस्तुनिष्ठ र यथार्थपरक समिक्षा गर्न जरूरी छ । नीति, नेतृत्व, संगठन र कार्यशैलीमा रहेका हाम्रा गल्ति, कमजोरीहरूलाई उद्घाटित गर्न, स्वीकार गर्न र सच्याउन जरूरी छ । हामीले सफलता र उपलब्धिको जस लिएजसरी नै पराजय र क्षतिको पनि जिम्मेवारी लिन जरूरी छ । समयको निर्देश अनुरूप समग्र पार्टीलाई पुनर्गठन गर्न र नेपाली कम्युनिस्ट आन्दोलनलाई नयाँ ढङ्गले अगाडी बढाउन जरूरी छ ।

पार्टी स्थापनाको यस् ऐतिहासिक दिनमा नेकपा (एमाले) लाई लोकप्रिय, गतिशील र राष्ट्रलाई नेतृत्व गर्ने निर्णायक शक्तिमा बदल्ने सङ्कल्प गरौं । धन्यवाद ।