४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु

सर्मनाक हार फगत विदेशीको चलखेलको परिणाम मात्र हो वा हाम्रा आन्तरिक कारण

सर्मनाक हार फगत विदेशीको चलखेलको परिणाम मात्र हो वा हाम्रा आन्तरिक कारण
अ+ अ-

नेपाली कम्युनिष्ट आन्दोलन ७७ वर्ष पार गरेर ७८ वर्षमा प्रवेश गर्दैछ । यो अवधिमा हामीहरू नेपाल र नेपाली जनताको राष्ट्रियता र सामाजिक मुक्तिका निम्ति निरन्तर संघर्ष गर्दै आएका छौं । त्यस संघर्षमा हामीले संघीय गणतन्त्र नेपालको स्थापना समेत गर्यौं । तर मुलुकको सामाजिक-आर्थिक रूपान्तरण, शिक्षा, स्वास्थ्य, प्रशासन र संस्कृतिमा आमूल परिवर्तन गर्ने काम भने हुन सकेनन् ।

जनताका गाँस,बास, कपास, शिक्षा, स्वास्थ्य,रोजगारी र सुरक्षा जस्ता सवालहरू सम्वोधित हुन सकेनन । त्यसले जनतामा असन्तोष, विरोध र आक्रोश चुल्लिदै गयो । त्यसबाट दिक्क भएका जनता ठूलो संख्यामा प्रवासी बन्न पुगे । त्यो परिस्थितिबाट फाइदा उठाएर देशी विदेशी प्रतिक्रियावादीहरूले जनताका केही जायज मागहरू अघि सारेर “जेन्जी आन्दोलन” गर्न लगाए र भदौ २४ को महाविध्वंश सिर्जना गरे ।

त्यही रापतापमा २१ फागुन २०८२ को निर्वाचन भयो । त्यस निर्वाचनमा गणतन्त्रवादीका साथै वामपन्थी आन्दोलन र हाम्रो पार्टीले नराम्रो हार बेहोर्नुपर्यो । अहिले रास्वपाका अरवपति मन्त्रीहरुले बनेको सरकार छ । त्यसले ल्याउने र लागू गर्ने नीति र कार्यक्रमहरुको झलक सबैको सामु छर्लङ्ग हुँदै गइरहेको छ ।

आखिर यसपटक यति ठूलो दायराबाट र यति सर्मनाक हार किन र कसरी भयो ? २०७४ को निर्वाचनमा हामीले १७७ सिट जितेका थियौँ र ६४% मत प्राप्त भएको थियो । तर आठ वर्षको अन्तरालमा २०८२ को चुनावमा त्यही बामपन्थी शक्तिले फगत ४२ सिट प्राप्त गर्ने र १५.३% मात्र मत प्राप्त गर्ने स्थिति कसरी उत्पन्न भयो ? कुन आन्तरिक वा बाह्य अथवा कुन आधारभूत र तत्कालीन कारणले यस्तो परिणाम आयो ? यसको निम्ति जिम्मेवार को हो ?

के यो फगत विदेशीको चलखेलको परिणाम मात्र हो ? हाम्रा आन्तरिक कारणहरू छैनन ? यी यक्ष प्रश्नहरूको जवाफ नदिई कम्युनिष्ट आन्दोलन नयाँ धरातलबाट अघि बढाउन सकिएला ? सबैले गंभीर भएर सोचौँ त्यसैकारण देशका सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारी साथीहरु ! हामी सबै देशको नयाँ परिस्थिति र कम्युनिष्ट आन्दोलनको परिस्थितिका बारेमा गम्भीर बनौँ ।

हाम्रो आन्दोलनको व्यक्तिगत र सामूहिक दुवै हिसाबले गहिरो समीक्षा गरौं । यतिबेला कुनै पनि नेताले कार्यकर्ता, समर्थक, शुभेच्छुक र मतदातातिर फर्केर होइन । सबैभन्दा पहिले आफ्ना गल्ती र कमजोरीहरू खोजौँ, तिनीहरूका बारेमा आम कार्यकर्ता र जनसमक्ष आत्म आलोचना गरौं । ती कमजोरीहरू हटाउने प्रतिबद्धता अघि सारौँ ।

विकसित राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिको गहन विश्लेषण गरौं । २१ फागुनको निर्वाचनपछि मुलुकमा उत्पन्न नयाँ राजनीतिक शक्ति सन्तुलनको सठिक विश्लेषण गरौं । पार्टी र आन्दोलनलाई वैचारिक, राजनीतिक, सैद्धान्तिक, संगठनात्मक, कार्यशैलीगत र पद्धतिगत सबै हिसाबले पुनर्गठन र रूपान्तरण गर्न तत्पर बनौ । आजको ठोस स्थिति अनुरूप पार्टीका वैचारिक-राजनीतिक कार्यदिशा अघि सारौँ। त्यसका आधारमा पार्टीलाई सबै हिसाबले पुनर्गठन र रुपान्तरित गर्दै अगाडि बढौं ।

हाम्रा सामु ठूला चुनौतीहरू पैदा भएका छन् । तर त्योभन्दा ठूला औसरहरू हाम्रा सामु अहिले पनि छन् । समाजवाद प्राप्तिको यात्रा मानव मुक्तिको यात्रा हो । समाजबादको यो यात्रा कसैले रोक्न सक्क्तैन । प्रत्येक धक्का र असफलताहरु हाम्रा निम्ति शिक्षा मात्र हुन । तिनीहरूबाट प्राप्त शिक्षालाई बोकेर अझ ठूलो आँट, साहस, हिम्मत र दुरदृष्टिका साथ अघि बढौँ ।

आज उत्पन्न परिस्थिति एउटा अस्थायी परिघटना हो । समाजवाद र समाजवादी क्रान्तिको विजय अनिवार्य छ । समृद्ध नेपाल र सुखी नेपाली बनाउने हाम्रो लक्ष्य प्राप्त भएरै छाड्नेछ ।

झलनाथ खनाल पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता हुनुहुन्छ । नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अबसरमा खनालले व्यक्त गर्नुभएको दृष्ठिकोण उहाँको सामाजिक संञ्जालबाट