२१ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढी प्रभावित परिवारका सदस्यलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा मोहना अन्सारीको टिप्पणी : ‘सरकार र संसदमा नेपालको जनसांख्यिक विविधता प्रतिबिम्बित भएन’ कृष्णभीर पहिरोको दीर्घकालीन समाधानका लागि दुई विकल्पमा अध्ययन आन्तरिक राजनीतिभन्दा विपद् पीडितको राहत र उद्धारमा काँग्रेस लाग्छः गगन थापा नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक १० घण्टा आंशिक रोक भोटेकोशी बाढी : १३ हजारभन्दा बढीको उद्धार, अझै ५ हजार बेपत्ता बालेनलाई गगनले भने– संयुक्त राष्ट्रसंघको महासभामा तथ्य र प्रमाणसहित प्रश्तुत हुनुस्, आफ्नो सचिवालयको मात्रै भर… भोटेकोशी बाढीः युद्धस्तरमा उद्धार र पुनःस्थापना गर्न नेता लामाको आग्रह विपद् व्यवस्थापन र भौतिक पूर्वाधारको सुरक्षा संवेदनशीलतामा गम्भीर समीक्षा आवश्यक छः सभापति थापा बेपत्ता व्यक्तिलाई मृत मान्न नसकिने वर्तमान कानूनी व्यवस्था संशोधन गरियोस्ः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

जबजका सामु लोकप्रियतावाद र अवशरवाद केही समयका पाहुना हुन् : महासचिव पोखरेल



फाइल फोटो
अ+ अ-

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीले अंगिकार गरेको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज) सामु लोकप्रियतावाद,अराजकतावाद र अवशरवादको चुनौती केही समयका पाहुना भएको बताएका छन् ।

नेपाल कम्यूनिष्ट पार्टीको स्थापना दिवशको अवशरमा यसका संस्थापकहरुको स्मरण गर्दै पोखरेलले सामाजिक सञ्जाल मार्फत यस्तो धारणा सार्वजनिक गरेका हुन् ।

‘जबजका समृद्ध विचारका सामु अल्गोरिदमले नेपाली राजनीतिमा सृजना गरेको लोकप्रियतावाद,अराजकतावाद, र अवशरवादको चुनौती केही समयका पाहुना जस्तै हुन्’ पोखरेलले लेखेका छन् ‘कम्यूनिष्ट आन्दोलनको गौरवपूर्ण इतिहासप्रति सम्मान प्रकट गर्दै जबजको मार्गदर्शनमा समाजवादको बाटोमा दृढतापूर्वक् अघि बढ्ने संकल्प गरौं ।’

महासचिव पोखरेलले नेकपाका संस्थापक पुष्पलाल श्रेष्ठ,नारायणविलास जोशी,निरञ्जन गोविन्द वैद्य,नरबहादुर कर्मचार्य र मोतीदेवी श्रेष्ठ लगायतका नेताहरुको योगदानलाई स्मरण गरेका छन् ।

आज एमाले केन्द्रीय कार्यालयमा आयोजना गरिएको पार्टी ७७औं स्थापना दिवशमा उपत्यकाकामा रहेका नेता कार्यकर्तालाई सहभागी हुन् र काठमाडौं बाहिर सम्बन्धित कमिटीह्रुले आयोजना गरेका कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन् ।