११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित

चीनतर्फ आकर्षित नेपालीहरु, १० महिनामा ३० हजारले छाडे नेपाल

चीनतर्फ आकर्षित नेपालीहरु, १० महिनामा ३० हजारले छाडे नेपाल
अ अ+ अ-

काठमाडौँ । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले मंसिर अन्तिम साता चीन भ्रमणमा जाने आफ्नो पूर्वनिर्धारित कार्यक्रम तत्कालका लागि स्थगित गरेका छन् । प्रधानमन्त्री एवं पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीसँग आइतबार यही विषयमा छलफल गरेपछि सोमबार दाहालले पूर्वानिर्धारित कार्यतालिका संशोधन गरेका हुन् । ‘पार्टीका अर्का अध्यक्षलाई अस्पतालको शय्यामा छोडेर आफू विदेश भ्रमणमा जाँदा राम्रो सन्देश नजाने भन्दै दाहालले भ्रमण स्थगित गरेका हुन्,’ उनीनिकट एक नेताले भने, ‘भ्रमण रद्द भएको होइन, करिब दुई महिनाका लागि पर सरेको मात्र हो । प्रधानमन्त्री ओली नियमित काममा फकिर्नेबित्तिकै दाहाल नेतृत्वको टोली चीनतर्फ लाग्नेछ ।’

चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा नेकपाको उच्चस्तरीय टोली तत्काल चीन भ्रमणमा जाने समझदारी भएको थियो । त्यही समझदारीअनुसार दाहाल चिनियाँ कम्युनिस्ट पार्टीका महासचिवसमेत रहेका राष्ट्रपति सीकै चाहनामा चीन जान लागेका थिए । दाहालको भ्रमण केही महिनाका लागि स्थगित भए पनि नेकपासहित दलका नेता र सरकारी अधिकारीहरू चीन जाने र चिनियाँ अधिकारीहरू नेपाल आउने क्रम भने निकै बढेको छ । यो वर्षभरिमा केन्द्रीय समितिका सबै ४ सय ४५ जनालाई नै चीन पठाएर त्यहाँको विकास, विचार र समाजवादबारे अध्ययन–अवलोकन गराउने नेकपा विदेश विभागको तयारी छ ।

पछिल्ला वर्ष चीनसँगका सरकारी र गैरसरकारी तवरका दुईपक्षीय भ्रमण र नेपाली नागरिकसमेतको चीन आवतजावत निकै बढेको छ । चिनियाँ दूतावासका प्रवक्ता वाङ सियाओलोङका अनुसार गत जनवरीदेखि नोभेम्बर अन्त्यसम्म १० महिनामा ३० हजार ९ सय ३६ नेपालीले चीन जाने भिसाका लागि आवेदन दिएका थिए । यस्तो संख्या दुवैतर्फबाट बर्सेनि बढिरहेको छ । अहिले पनि तिब्बतका गभर्नरको टोली नेपाल भ्रमणमा छ भने गत साता फुदान युनिभर्सिटी, युनान र हुवेई प्रान्तका अधिकारी नेपाल आएर फर्किएका छन् । नेपालका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल असोज ३० गते चीन पुगेर फर्किए ।

सैन्य खेलकुद प्रतियोगिताका लागि गएका पोखरेलले ६ दिने बसाइका क्रममा विभिन्न राजनीतिक भेटघाट गरे । नेकपा स्कुल विभागका उपप्रमुखद्वय वेदुराम भुसाल र देवेन्द्र पौडेलसहितको टोली असोज २८ गते चीन पुगेर फर्कियो । करिब एक साता चीन बसेको उक्त टोलीले चीनको गरिबी निवारण, सी विचारधारालगायत विषयमा अध्ययन गर्‍यो । यही समयमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल पनि टोलीसहित चीनमै अध्ययन भ्रमणमा थिए । केन्द्रीय सांसद, प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिको छुट्टाछुट्टै टोलीले चीनको लगातार भ्रमण गरिरहेको छ । कतिपय जाने पालो कुरेर बसेका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टी र नेकपाबीच असोज ७ गते भएको समझदारीमा सम्बन्ध विस्तारका लागि आपसी भ्रमण बढाउने सहमति भएको थियो । समझदारीमा भ्रमण आदानप्रदान गराउने, वैचारिक र राजनीतिक छलफल बढाउने, दुवै कम्युनिस्ट पार्टीका सिद्धान्तबारे जानकारी गराउनेलगायत विषय थियो । उक्त सहमतिपछि झन् चीन जाने नेकपा कार्यकर्ता र चीनबाट नेपाल आउने चिनियाँ कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ताको संख्या बढ्दै छ । नेकपाले आफ्ना कति नेता–कार्यकर्ता चीन पुगे भन्ने यकिन तथ्यांक भने राखेको छैन ।

‘सामान्यतः विदेश विभागबाटै जानुपर्ने हो तर सबै काम विभागबाट भइसकेको छैन,’ विदेश विभाग उपप्रमुख विष्णु रिजालले भने, ‘कति नेता त चीन गइसकेपछि मात्रै थाहा पाइन्छ, त्यसैले नेकपासँग अहिले ठ्याक्कै कति नेता चीन भ्रमणमा गए भन्ने तथ्यांक छैन ।’ उनले कतिपय नेताहरू व्यक्तिगत सम्बन्धको आधारमा जाने गरेको बताए । चिनियाँ कम्युनिस्ट पार्टीसँग समझदारी भएपछि दुवै पार्टीका नेता–कार्यकर्ताको आउजाउ बाक्लो भएको रिजालको भनाइ छ । यो वर्ष प्रदेश ७ र २ बाहेक अरू प्रदेशका मुख्यमन्त्रीको टोली चीन पुगिसकेको छ ।

साउनयताको चार महिनामा मात्रै स्थानीय तहका २१ जनप्रतिनिधि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई जानकारी गराएर चीन गएका छन् । कतिपय जनप्रतिनिधि मन्त्रालयमा जानकारी नगराई पनि जाने भएकाले उनीहरूको संख्या योभन्दा धेरै रहेको मन्त्रालयका प्रवक्ता भूपाल बरालको भनाइ छ ।

के हुन्छ चीनमा ?चिनियाँ अधिकारीले नेपालबाट राजनीतिक भ्रमणमा जानेहरूलाई मुख्यतः आफ्नो विकासको मोडल देखाउँछन् । राष्ट्रपति सीले अघि सारेको ‘चिनियाँ विशेषतासहितको समाजवाद’ को सैद्धान्तिक व्याख्या सुनाउँछन् र चीनले पछिल्लो समय गरेको प्रविधिको विकासको बखान गर्छन् । ‘उनीहरूले आफ्नो विकासको मोडेल नै देखाउने हुन्,’ हालसालै चीनबाट फर्किएका नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुले भने, ‘त्यहाँको सहरी क्षेत्रको विकासबारे हामीले धेरै कुरा जानेर फर्कियौं ।’ उनले त्यहाँ आफूहरूलाई दिनको छ घण्टा क्लासमै राखेर पढाएको जानकारी दिए ।

नगरपालिकाहरूको विकासको मोडेलबारे अनुभव आदानप्रदान गर्न चीनका विभिन्न नगरपालिका र नेपालका नगरपालिकाबीच भगिनी सम्बन्धमा पनि हस्ताक्षर भएको छ । चिनियाँले व्यक्तिको पृष्ठभूमिको आधारमा पनि आफ्ना अनुभव साटासाट गर्दै आएको नेकपा स्कुल विभाग उपप्रमुख बेदुराम भुसालको भनाइ छ । आफ्नो भ्रमणका क्रममा त्यहाँको विकास, गरिबी निवारणका लागि खेलेको भूमिका र गरेको प्रगतिका विषयमा चीनका प्रतिनिधिले जानकारी गराएको उनले बताए ।

‘यसबाहेक हामीले चिनियाँ विशेषताको समाजवाद र सी विचारधाराको भूमिकाबारे पनि छलफल गर्‍यौं र जानकारी लियौं,’ भुसालले भने, ‘चीनले नेपाली मात्रै होइन, अरू विदेशीलाई पनि उत्तिकै निम्त्याउँदो रहेछ ।’ चीनले किन यति धेरै भ्रमण गराउँदै आएको छ त ? चीनका लागि पूर्वनेपाली राजदूत टंक कार्कीले भने, ‘आफूले तीव्र गतिमा गरेको विकास बाहिरी दुनियाँलाई देखाउने चाहना नै मुख्य हो ।’ उनले छिमेकी मुलुकले गरिरहेको विकास बुझ्न जाने प्रक्रिया बढ्नुलाई अन्यथा सोच्न नहुने बताए ।

‘चीन नयाँ शक्तिका रूपमा उदाएपछि सुनेको कहानी आफैं हेरौं न त भन्ने हाम्रै पनि सोच हुन्छ नि,’ उनले भने । कार्कीले अरू देशसँगको आफ्नो सम्बन्ध जनस्तरसम्मै होस् भन्ने चीनको नयाँ नीतिका कारण पनि उसले जतिसक्दो धेरै नेपालीलाई चीन लगेको हुनसक्ने बताए । राजनीतिक दल, व्यक्तिगत तथा संस्थागत सम्बन्धबाहेक पनि बर्सेनि सरकारी कोटामा चीन जानेको संख्या छुट्टै छ ।

अर्थ मन्त्रालयको तथ्यांकअनुसार चीनले दुईपक्षीय सहयोग कार्यक्रमअन्तर्गत वार्षिक ८ सयको हाराहारीमा छोटो अध्ययनका लागि विभिन्न क्षेत्रका व्यक्तिहरूलाई चीन लैजाने गरेको छ । नेपाल भ्रमणमा आउने चिनियाँ नागरिकको संख्या पनि अघिल्ला दुई वर्षको तुलनामा बढेर १ लाख ४२ हजार कटेको अध्यागमन विभागको रेकर्डमा छ । कान्तिपुर दैनिकबाट