११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक

भक्तपुर र धरानमा हाम्रो जित उत्साहपूर्ण रह्यो: सभापति देउवा

भक्तपुर र धरानमा हाम्रो जित उत्साहपूर्ण रह्यो: सभापति देउवा
अ अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल कांग्रेसले उपनिर्वाचनअन्तर्गत ५२ मध्ये १३ सिट जिते पनि नतिजालाई उत्साहपूर्ण भएको दाबी गरेको छ । उपनिर्वाचन भएकामध्येमा गत निर्वाचनमा १४ सिट जितेको कांग्रेस यसपटक एक सिटमा पछि परेको छ । तर, प्रभाव पार्ने क्षेत्रमा जितेको उसको दाबी छ । प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकार सम्मेलन गर्दै दुईतिहाइको सरकारको दुईवर्षे समय गुज्रिँदा भएको उपनिर्वाचन जनमत सर्वेक्षण भएको टिप्पणी गरे । ‘उपनिर्वाचनलाई हामीले जनमत सर्वेक्षणका रूपमा लिएका थियौँ ।

गत निर्वाचनको दुई वर्षमा हामीलाई र सत्तारूढ दललाई मतदाताले प्रस्ट सन्देश दिएका छन्,’ शर्माले भने, ‘मतदाताले हामीलाई अनुमोदन गरे किनकि ०७४ सालको निर्वाचनको तुलनामा हामीले उपनिर्वाचन भएकामध्ये प्रभावशाली ठाउँमा जित्यौँ । हारेका ठाउँमा पनि मतान्तर घटाएका छौँ ।’ शर्माले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भरतपुरको वडा र अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको निवास रहेको भक्तपुरको बालकोट पुगेर कांग्रेसले जित्नुलाई रणनीतिक रूपमा अथ्र्याए । कांग्रेस सकियो भन्नेलाई ती क्षेत्रमा खोज्न उनले आग्रह गरे ।

हामी बलियो बन्दै छौँ: देउवा: कांग्रेस सभापति शेरबहादुर देउवाले धरान र भक्तपुरमा कांग्रेसले जित्नुले धेरै अर्थ राख्ने बताए । कांग्रेसका सरल नेता भीमबहादुर तामाङको सातौँ स्मृति दिवसमा केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति देउवाले उपनिर्वाचनको नतिजाले कांग्रेसमा उत्साह भरेको बताए । ‘उपनिर्वाचनमा प्रहरी प्रशासन निष्पक्ष रहेन । आचारसंहिता विपरीतका कार्य भए ।

हाम्रै प्रभाव क्षेत्रमा बम पड्काएर हाम्रा मान्छेलाई हतोत्साही बनाउने काम भयो,’ देउवाले भने, ‘तर, पनि भक्तपुर र धरानमा हाम्रो जित उत्साहपूर्ण रह्यो ।’ देउवाले दाङ, बाग्लुङ, कास्कीसहितका धेरै ठाउँमा कांग्रेस मत बढ्नुले सकारात्मक सन्देश दिएको बताए । निष्पक्ष निर्वाचन हुन नदिइएको ठाउँमा कांग्रेसले छानबिन गर्ने दाबी पनि देउवाले गरे ।

सरकारलाई ‘आज सच्चिने कि भोलि सक्किने’ सन्देश: मतदाताले सरकारलाई ‘आजै सच्चिने कि भोलि सक्किने’ भन्ने सन्देश दिएको शर्माले बताए । ‘उपनिर्वाचन सरकार बनाउन या बदल्न भइरहेको छैन, तर तपाईंको एक मतले सरकारलाई सच्याउन योगदान गर्न सक्छ भनेर हामीले मतदातालाई अपिल गरेका थियौँ, उपनिर्वाचनले सरकार सच्चिनुपर्ने सन्देश प्रस्टसँग दिएको छ,’ शर्माले भने, ‘२१ महिनामा सरकारप्रति मतदाताको असन्तुष्टि बढेको पुष्टि ०७४ को चुनावमा रहेको मतको अग्रता घट्नुले गरेको छ ।

त्यसवेला एमाले र माओवादी भिन्न पार्टीबाट दुई चुनाव चिह्नमा मैदानमा थिए । तर, त्यतिवेलाको जति मत एउटै पार्टी र एउटै चुनाव चिह्न हुँदा प्राप्त नहुनु मतदाताको मन बदलिँदै गएको प्रस्ट चित्र हो ।’ पाँचथरको फाल्गुनन्द गाउँपालिकाको अध्यक्ष, हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष यसअघि कांग्रेसले जिते पनि यसपटक नेकपाले जित्यो । तर, यिनीहरूको तुलनामा व्यापक प्रभाव राख्ने धरान उपमहानगरपालिका र भक्तपुरमा प्रदेश सभा जित्नु कांग्रेसका लागि ज्यादै महत्वपूर्ण रहेको उनले बताए । नयाँ पत्रिका दैनिकबाट