४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु

सरकारले नागरिकलाई धरपकड गर्न हुँदैनः हर्कराज राई

सरकारले नागरिकलाई धरपकड गर्न हुँदैनः हर्कराज राई
अ+ अ-

काठमाडौं: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारले नागरिकलाई धरपकड गरेकोमा आपत्ति जनाउनुभएको छ ।

सरकारले गरिखाने नागरिकलाई विकल्प नदिई घाँटीमा न्याँक्ने, घोक्रयाँई मुन्ट्याँई गर्ने गरेको देखिएको भन्दै उहाँले आक्रोश व्यक्त गर्नुभएको हो । मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष राईले नागरिकको गाँस, बास र कपासजस्तो आधारभुत आवश्यकता पूर्ति हुनेगरी सडकमा गरेको व्यवसायलाई विकल्प नदिई हटाउने कुरा उचित नभएको बताउनु भयो । सरकारले गाँसका लागि सडकमा व्यवसाय गरिरहेकाहरुलाई धरपक्कड गर्ने कुराले मुलुकमा चोरी, लुटपाट र ठगी लगायतका अपराधका घटनाहरुलाई बढावा दिने अध्यक्ष राईको भनाई थियो ।

उहाँले भन्नुभयो,‘म सरकारलाई सल्लाह दिन चाहन्छु–त्यो नागरिकलाई घाँटीमा न्याँकेको देखिन्छ, कहिले व्यवसायीलाई घोक्र्याई मुन्ट्याँई गरेको देखिन्छ । त्यो केन्द्र सरकारले ग¥यो वा प्रदेश सरकारले ग¥यो वा स्थानीय सरकारले ग¥यो ? जसले गरेपनि त्यो त केन्द्र सरकारको मातहतमा रहन्छ नि सबै कुरा । त्यो चाँही राम्रो देखिएन । त्यसो नगरौ भन्ने सल्लाह दिन्छु म चाहीँ । सबभन्दा पहिलो अधिकार चाँही मान्छेको मात खाने हुन्छ । हाम्रो बेसिक निड भन्छौँ नि त्यसमा गाँस, बास र कपास पर्दछ । अव भात खानका लागि मानिसहरुले व्यवसाय गरिराखेको हुन्छ । कि त्यसलाई विकल्प दिनुप¥यो । त्यही भएको कारणले गर्दा यो चोरी, लुटपाट, ठगीलगायतका कुराहरु मौलाएर जान्छ क्या । अब सडकमा सानो दोकान गरेर उसले खान खोजिराखेको हुन्छ । दोकान राख्न नदिएपछि के गर्छ त ? भरे भोक त लाग्छ फेरि । भोक लागेपछि सरकारले यस्तो नियम लागू गरेको थियो भनेर त मान्दैन पेटले त । त्यसपछि मानिस अपराधिक गतिविधिमा संलग्न हुन जान्छ । त्यसले गर्दा सरकारले धेरै सोचेर अघि बढ्नुपर्दछ ।’

अध्यक्ष राईले सरकारले हरेक गतिविधिलाई अघि बढाउँदा धेरै सोचेर मात्रै अघि बढ्दा उपयुक्त हुने सुझाव पनि दिनुभयो । –न्युज एजेन्सी नेपाल