११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक

प्रचण्डको चीन भ्रमणको मिति पछि सर्‍यो

प्रचण्डको चीन भ्रमणको मिति पछि सर्‍यो
अ अ+ अ-

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पूर्वनिर्धारित चीन भ्रमण पछि सरेको छ । प्रचण्ड नेतृत्वमा नेकपाका ५० जना नेता २४ मंसिरमा चीन जाने कार्यक्रम तय थियो । प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यस्थितिका कारण उनको भ्रमण पछि सरेको हो ।

प्रचण्डले चिनियाँ राजदूत योउ यान्छीमार्फत सोमबार चीन सरकारलाई भ्रमण पछि सार्न आग्रह गरेको संवद्ध स्रोतले जानकारी दिएको छ । नेपाल–चाइना मिडिया फोरमको कार्यक्रममा शुक्रबार प्रचण्डले राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा चीन जान लागेको बताएका थिए । उनी २४ मंसिरमा नेकपाका चार दर्जनभन्दा बढी नेता–कार्यकर्तासहित चीन जाने तयारी थियो । राष्ट्रपति सीसहित उच्च चिनियाँ अधिकारीसँग भेटवार्ता पनि तय थियो ।

कूटनीतिक च्यानलमार्फत प्रचण्डको चीन भ्रमण तय हुने चिनियाँ दूतावास स्रोतले जनाएको छ ।भ्रमणको समन्वय चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागले गरेको छ । राष्ट्रपति सीसँग भेटवार्ताको सम्भावना रहे पनि त्यसबारे चिनियाँ पक्षले औपचारिक जानकारी दिइसकेको छैन । नयाँ पत्रिका दैनिकबाट