२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नारायणी नदीमा बुद्धको मूर्ति र चौताराको पुनः निर्माण



अ+ अ-

काठमाडाैँ । नारायणगढको नारायणी नदी किनारमा रहेका बुद्धको मूर्ति र चौताराको पुनः निर्माण गर्न लागिएको छ ।

सुनचाँदी व्यवसायी ज्ञानेन्द्रमान शाक्यले बाढी पहिरोले क्षती पु¥याएको ठाउँमा व्यक्तिगत लगानीमा पुनःनिर्माण गर्न लागेका हुन् । शाक्यकाअनुसार यहाँको चौतारा र मूर्ति मर्मतका लागि ३५ लाख रुपैयाँ लगानी लाग्नेछ ।

यहाँ जमिनदेखि ३६ फिट अग्लो बुद्धको मूर्ति छ । २०७० सालमा निर्माण गरिएको मूर्ति नारायाणीमा पटक पटक आउने बढीले क्षती पु¥याउँदै आएको थियो । भत्किएको ठाउँमा प्लाष्टर र रंग रोगन गरिएको उनले बताए । नारायणी नदी घुम्न आउने मानिसहरुले यहाँ फोटो, भिडियो खिच्ने र चौतारामा शितलता प्राप्त गर्ने गर्दछन् ।

यहाँ शाक्यले एक दशक अगाडि एक करोड १० लाख लगानीमा सो संरचना बनाएका थिए । मूर्तिको लागि मात्रै ४० लाख रूपैयाँ खर्चिएको व्यवसायी शाक्यले बताए ।

गत वर्षको बाढी पहिरोले बगाएर ल्याएका ठुला ठूला ढुंगामा बृद्ध, मायाँदेवी र बृद्धत्व प्राप्त पछि लावालस्कर गरेर दरबारमा स्वागत गर्दाको कलात्मक आकृति कुँदिएको चित्र बनाइएको छ । त्यसैगरी अहिले यहाँ चौतारा प्रवेश गर्ने ठाउँमा भगवान गणेश, स्वस्तिक, शंक र ॐ को आकृति कुँदिएको छ ।

चौतारामा वर, पिपल र स्वामीको बोट समेत रहेको छ । सो स्थानबाट बसेर नारायणी नदीको मनोरम दृश्यका साथै सुर्यअस्त समेत देखिन्छ । नारायणी नदीमा साँझपख मानिसहरु शितलता प्राप्त गर्नका लागि आउने गर्दछन् ।