२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गौतमबुद्द क्रिकेट रङ्गशाला निर्माणमा ढिलाइ



अ+ अ-

काठमाडौं । गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा ढिलाइ भएको छ । भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन रङ्गशाला ठेक्का म्याद सकिन आठ महिना बाँकी रहँदा ५० प्रतिशतमात्र सम्पन्न भएको हो ।

विसं २०८१ असारमा ३० महिनामा काम सम्पन्न गर्नेगरी भरतपुर महानगरपालिकाले हिमालयन कालिञ्चोक बिबीआर जेभीलाई ठेक्का दिएको थियो । विसं २०८३ पुस २२ भित्र काम सक्नेगरी कुल ७५ करोड ५० लाख ९१ हजार १८९ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

महानगरपालिकाका डिभिजनल इन्जिनियर सन्तोष आचार्यका अनुसार हालसम्म एउटा टावरको काम लगभग सकिएको छभने अर्को टावरको दोस्रो तलाको ढलान भएको छ । चारवटा प्यारापिटमध्ये एउटाको काम सकिएको छ । दुईवटाको ढलान भएको र बाँकी एउटाको काम सुरु भएको छ । मैदान निर्माण सुरु गरिएको छ ।

मैदानमा पाँचवटा पिच बनाउने तयारी भइरहेको छ । यससँगै मैदानसम्म पुग्ने बाटो, मैदान र पिच बनाउने कामसँगै अघि बढेको छ । साथै भूमिगत पावर केवल, प्लम्बिङलगायतका काम भइरहेको छ । बागमती प्रदेश सरकारले कुल ठेक्का रकमको ७० प्रतिशत व्यहोर्ने जनाइएको छ ।

आर्थिक वर्ष २०८१/८२ का लागि सङ्घीय सरकारले २५ करोड रुपैयाँ र भरतपुर महानगरपालिकाले चार करोड ८० लाख रुपैयाँ विनियोजन गरेर आयोजना अघि बढाइएको हो । चालु आर्थिक वर्षमा महानगरले चार करोड रुपैयाँ विनियोजन गरेको छ । महानगरका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले काम छिटो गर्न र समयमा सक्न निर्माण कम्पनीलाई ताकेता गरिरहेको बताए ।

उनले भने, “हामीले गर्नुपर्ने काममा कुनै समस्या छैन । कामलाई तीव्रता दिन निर्माण कम्पनीलाई भनेका छौँ ।”

सङ्घीय र प्रदेश सरकारसँग रङ्गशाला निर्माणका लागि आवश्यक बजेट माग गरिरहेको पनि उनले बताए । धुर्मस–सुन्तली फाउन्डेसनले रङ्गशाला निर्माण गर्न नसकेपछि महानगरपालिकालाई हस्तान्तरण गरेको थियो । यससँगै महानगरपालिकाले प्रदेश र सङ्घसँग सहकार्य गरेर काम अघि बढाएको हो ।