२१ भाद्र २०८३, आईतवार
,
Latest
भदौ १० गतेको विपद्मा दिवंगतप्रति श्रद्धाञ्जली, स्वयम्भूमा स्मृति तथा दीप प्रज्वलन कार्यक्रम गोरखाको चुमनुब्री–४ मा बाढीपीडितका लागि राहत पठाइँदै राप्रपाका महामन्त्री शरदराज पाठकद्वारा पार्टीका सबै जिम्मेवारी परित्याग ओलीको तस्बिर दुरुपयोग गरी एआईबाट भ्रामक सामग्री बनाइएकोमा एमालेको आपत्ति भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई चार्जिङ सामग्री सहयोग बाढीले मनास्लु पदमार्ग अवरुद्ध ऊर्जामन्त्री श्रेष्ठले त्रिशुली थ्री `ए´ काे सुरूङमार्गबाट उद्वार गरिएका घाइतेलाई भेटे नुवाकोटको ताँदी नदीमा बेलीब्रिज जडान जारी भोटेकोशी बाढी प्रभावित परिवारका सदस्यलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा मोहना अन्सारीको टिप्पणी : ‘सरकार र संसदमा नेपालको जनसांख्यिक विविधता प्रतिबिम्बित भएन’
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधि सभा नियमावलीको मस्यौदा आज सभामुख अर्याललाई बुझाइँदै



अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा नियमावली मस्यौदा समितिद्वारा तयार गरिएको मस्यौदा प्रतिवेदन आज सभामुख डोल प्रसाद अर्याल समक्ष बुझाइने भएको छ।

उक्त कार्यक्रम आज (मंगलबार) दिउँसो ३ बजे राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्षमा आयोजना गरिने तय भएको छ। समितिले तयार पारेको नियमावली मस्यौदालाई सभामुख समक्ष औपचारिक रूपमा पेश गरिने कार्यक्रम रहेको जनाइएको छ।

प्रतिनिधि सभाको कार्य सञ्चालनलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन नयाँ नियमावली आवश्यक रहेको सन्दर्भमा समितिले मस्यौदा तयार गरेको हो। उक्त मस्यौदामाथि आगामी दिनमा थप छलफल र आवश्यक संशोधनको प्रक्रिया अघि बढाइने अपेक्षा गरिएको छ।