२१ भाद्र २०८३, आईतवार
,
Latest
रसुवाको भोटेककोशी बाढीः १ हजार ३ सय ४२ को शव फेला गृहमन्त्री गुरुङद्वारा ‘जेन–जी शहीद स्मारक पार्क तथा शालिक र स्तम्भ’को शिलान्यास सर्वोच्चको निर्णय पर्खिनु पर्छः नेता लेखक रसुवा बाढीमा कर्णालीका १६८ जनाको अवस्था अज्ञात बाढीपहिरोको जोखिम न्यूनीकरण गर्न तयारी र सतर्कता अपनाउन निर्देशन बाढी प्रभावित क्षेत्रमा ड्रोनबाट खाद्यान्न ढुवानी सुरु भूकम्पले रोकिएको नित्य प्रवचन ११ वर्षपछि सुरु भोटेकोशी बाढीः यसरी भइरहेको छ खोज, उद्धार र राहत कार्य तिब्बत क्षेत्रमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या ४३ पुग्यो, ५१९ जना बेपत्ता गाजाबाट प्यालेष्टिनीलाई निष्कासन गर्ने योजनाका कारण शान्ति प्रस्ताव प्रभावित हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थापनाको ४०औँ वर्षमा पशुपति क्षेत्र विकास कोष



अ+ अ-

काठमाडौँ। पशुपति क्षेत्रको बृहत्तर विकासका लागि स्थापित पशुपति क्षेत्र विकास कोष स्थापनाको ४०औँ वर्ष प्रवेश गरेको छ ।

पशुपति क्षेत्रलाई यसको प्रतिष्ठा एवं गरिमा अनुरूप सुव्यवस्थित र विकसित पार्ने उद्देश्यले २०४३ सालमा एक अविच्छिन्न उत्तराधिकारवाला स्वायत्त संस्थाका रूपमा कोषको स्थापना गरिएको थियो । हाल यो ‘पशुपति क्षेत्र विकास कोष ऐन, २०४४’ अन्तर्गत सञ्चालित छ ।

कोषले पशुपतिनाथका दैनिक पुजापाठका अतिरिक्त विशेष पूजा र महाशिवरात्री, बालाचतुर्दशी, तीज, साउने सोमबारलगायतका पर्वमा पूजा व्यवस्थित गर्ने गर्दछ । कोषले आजै वार्षिकोत्सव समारोह मनाएको छ । यस अवसरमा पशुपति क्षेत्रमा सफाइ गरिएको थियो ।

सफाइपछि आयोजित कार्यक्रममा कोषका कार्यवाहक सदस्य सचिव श्रीधर सापकोटा, कार्यकारी निर्देशक सुभाषचन्द्र जोशीलगायतले ४१औँ वार्षिकोत्सव समारोह मनाउने क्रममा उल्लेखनीय काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

सो अवसरमा गौरी आध्यात्मिक मासिकका सम्पादक अर्जुन लामिछानेसहित उत्कृष्ट काम गर्ने कर्मचारी, महाशिवरात्रिलगायत पर्वमा उत्कृष्ट स्वयंसेवा गर्ने संस्थालाई सम्मानसमेत गरिएको थियो । रासस