२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजमान तामाङविरुद्ध घुस मुद्दामा प्रतिकूल बकपत्र गरेको आरोपमा आरोपपत्र दायर



अ+ अ-

काठमाडाैँ । काभ्रेकाे बनेपा नगरपालिका वडा नं. ३ निवासी हिमाल तराई कन्सट्रक्सन प्रा.लि.का प्रोप्राइटर राजमान तामाङविरुद्ध घुस/रिसवत सम्बन्धी मुद्दामा अदालतमा दिएको बकपत्र प्रतिकूल रहेको आरोपमा आरोपपत्र दायर गरिएको छ।

आज विशेष अदालतमा दर्ता भएको मुद्दा नं. ०८१-CR-०११७ मा वादी नेपाल सरकार र प्रतिवादी चन्द्रबहादुर अधिकारीसमेत रहेका घुस/रिसवत सम्बन्धी भ्रष्टाचार मुद्दासँग सम्बन्धित छ।

सोही मुद्दामा सरकारी साक्षीका रूपमा रहेका राजमान तामाङले आयोगको अनुसन्धान अधिकृतसमक्ष दिएको प्रारम्भिक बयानसँग मेल नखाने गरी अदालतमा बकपत्र गरेको भन्ने उजुरी तथा निवेदन प्राप्त भएपछि यस विषयमा अनुसन्धान गरिएको थियो। अनुसन्धानका क्रममा उनका बयान र अदालतमा प्रस्तुत बकपत्रबीच प्रतिकूलता देखिएको आधारमा कानुनी प्रक्रिया अघि बढाइएको बताइएको छ।

अनुसन्धानपछि प्राप्त निष्कर्षका आधारमा सम्बन्धित निकायले आरोपपत्र दायर गरेको हो। यस घटनाले न्यायिक प्रक्रिया र साक्षीको दायित्वसम्बन्धी विषयलाई पुनः चर्चामा ल्याएको छ।