६ श्रावण २०८३, बुधबार
,
Latest
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक छ : सञ्चारमन्त्री तिमिल्सिना बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै सांसद शाहविरुद्धको पक्राउ पुर्जी कार्यान्वयन नगर्न आदेश महासंघका आठ वटा विषयगत समितिले पाए पूर्णता, सदस्यलाई मनोनयन पत्र हस्तान्तरण वैज्ञानिक उपायहरू समेटिएको स्पष्ट कार्ययोजना तयार गर्न मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन टास्क फोर्सले मन्त्री चौधरीको निर्देशन आयुर्वेद तथा वैकल्पिक चिकित्सा सुधारका लागि उच्चस्तरीय छलफल,आयुर्वेदिक पर्यटन प्रवर्द्धनमा सरकारको जोड बैंकिङ कसुर मुद्दामा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ कञ्चनपुर भन्सारबाट १३ प्रतिशत राजस्व सङ्कलनमा कमी जनकपुरधाममा छ अर्ब छ करोड ७८ लाख राजस्व सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमआरपी कार्यान्वयन तिब्र, व्यवसायीद्वारा विरोध



अ+ अ-

काठमाडाैँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अधिकतम खुद्रा मूल्य (एमआरपी) कार्यान्वयन तिब्र बनाउँदै उद्योगदेखि ठूला डिपार्टमेन्टल स्टोरसम्म अनुगमन बढाएको छ ।

सरकारको १०० बुँदे कार्यसूचीमै एमआरपी कार्यान्वयनलाई प्राथमिकतामा राखिएपछि विभागले पछिल्ला दिनमा यसलाई सक्रिय रूपमा लागू गर्न थालेको हो । नयाँ सरकार गठनअघि एमआरपी कार्यान्वयनमा खासै ध्यान नदिएको विभाग अहिले भने पूर्ण रूपमा लागू गर्ने तयारीसहित अघि बढेको छ । यता उद्योग व्यवसायीहरुले भने एमआरपी कार्यान्वयन गर्ने सरकारी निर्णय ठिक नभएको बताएका छन् ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले एमआरपीको उद्देश्य उपभोक्तालाई मूल्यबारे जानकारी दिनु सकारात्मक भएपनि हालको अवस्थामा यसको कार्यान्वयन अत्यन्तै चुनौतीपूर्ण रहेको बताए । उनकाअनुसार नेपाल आयातमुखी अर्थतन्त्र भएकाले सानो परिमाणमा विभिन्न देशबाट एउटै कन्टेनरमा फरक–फरक वस्तुहरू आयात हुने अवस्था छ, जसले भन्सार विन्दुमै लेबलिङ र एमआरपी निर्धारण गर्न जटिलता सिर्जना गर्छ ।

उनले भन्सारमै कन्टेनर खोलेर सबै वस्तुमा एमआरपी टाँस्ने काम ठूलो पूर्वाधार र लागतसँग जोडिएको उल्लेख गर्दै यस्तो व्यवस्था हालको संरचनाले धान्न नसक्ने बताए । साथै, नेपालमा एमआरपी निर्धारण लागतमा आधारित नाफासँग जोडिने भएपनि भन्सार मूल्यांकन, दरबन्दी र हार्मोनी कोड प्रणालीमै स्पष्टता नहुँदा एमआरपी विश्वसनीय नहुने उनको भनाइ छ । अग्रवालकाअनुसार विश्वमा १० डिजिटको हार्मोनी कोड प्रयोग हुने भएपनि नेपालमा ८ डिजिटमै सीमित रहेको र कुन वस्तु कुन वर्गमा पर्छ भन्ने अन्योलले थप समस्या निम्त्याउनेछ ।

अग्रवालले देशभर मालवस्तु वितरणको ट्र्याकिङसमेत स्पष्ट नभएको, आवश्यक पूर्वाधार अभाव रहेको र यस्तो अवस्थामा एकैचोटि आयातित वस्तुमा एमआरपी लागू गर्न नसकिने बताए । उनकाअनुसार एमआरपी लागू गर्ने उद्देश्य राम्रो भएपनि खुला बजार अर्थतन्त्रअनुसार उपभोक्तालाई सहज रूपमा मूल्य जानकारी गराउने विकल्पतर्फ ध्यान दिनुपर्ने आवश्यकता छ । अन्यथा व्यवसायीहरूले सामान नै झिकाउन नसक्ने अवस्था आउन सक्ने र त्यसले समग्र आर्थिक गतिविधि प्रभावित हुने चेतावनी उनले दिए ।

यता विभागका निर्देशक नरहरि तिवारीले पछिल्ला दिनमा अनुगमन टोली विस्तार गरी एमआरपी कार्यान्वयनलाई प्राथमिकताका साथ अघि बढाइएको जानकारी दिए । उनका अनुसार हाल उद्योग, ठूला डिपार्टमेण्टल स्टोर तथा धेरै पसल केन्द्रित स्थानहरूमा विशेष अनुगमन सञ्चालन भइरहेको छ ।
उनकाअनुसार विभागले भाटभटेनी लगायत मार्ट, होटल तथा रेष्टुरेण्ट, फार्मेसी, खाद्यान, कपडा लगायत सबैमा एमआरपी लागू गर्न निर्देशन दिइरहेको छ । साथै, आयात भएका वस्तुमा एमआरपी लागू गर्ने बारेमा भन्सार र आयात कर्ताबीच छलफल गरिरहेको निर्देशक तिवारीले बताए ।




भर्खरै