३ भाद्र २०८३, बुधबार
,
Latest
नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलेसियाको सबामा भीषण आगलागीः १ हजार घर जलेर नष्ट, ९ हजार भन्दा बढी बासिन्दा प्रभावित



अ+ अ-

काठमाडौँ। मलेसियाको उत्तरी बोर्नियो राज्य सबाको एक तटीय गाउँमा आईतवार बिहान भएको भीषण आगलागीमा झन्डै १ हजार घर जलेर नष्ट भएका छन् ।

यस घटनाबाट ९ हजार भन्दा बढी बासिन्दा प्रभावित भएको मलेसियाली अधिकारीहरूले जानकारी दिएका छन्। सान्दाकन जिल्लाका अग्नि नियन्त्रण प्रमुख जिमी लागुङले ‘बर्नामा’ समाचार एजेन्सीसँग कुरा गर्दै आगो ४ हेक्टरभन्दा बढी क्षेत्रमा फैलिएको बताए ।

उनले भाटाको समय भएकाले अग्नि नियन्त्रणका लागि पर्याप्त खुल्ला जलस्रोत जुटाउन कठिनाइ भएको जानकारी दिए । सान्दाकन नगरपालिकाका अध्यक्ष वाल्टर केन्सनकाअनुसार निरीक्षणका क्रममा प्रभावित क्षेत्र बसोबासका लागि असुरक्षित पाइएपछि नगरपालिकाले यस घटनालाई विपद् घोषणा गरेको छ ।

अग्नि नियन्त्रण प्रमुख जिमी लागुङकाअनुसार आगलागी स्थानीय समयअनुसार मध्यरात १ः३२ बजे शुरु भएको थियो भने दिउँसो १२ बजे मात्र नियन्त्रणमा आएको थियो ।

यस घटनामा कुनैपनि मानवीय क्षतिको खबर आएको छैन । स्थानीय प्रशासनले प्रभावित बासिन्दाहरूका लागि अस्थायी आश्रयस्थलको व्यवस्था मिलाउन शुरु गरेको छ । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल