१३ श्रावण २०८३, बुधबार
,
Latest
सुनसरी घटना: छानबिन समितिमा दुई सदस्य थप महिला कबड्डी टोलीले पनि एसियाडको तयारी भारतमै गर्ने सुनसरी घटनाबारे प्रधानमन्त्री शाहद्वारा सुरक्षा प्रमुखसँग ब्रिफिङ, शान्ति–सुरक्षामा कुनै सम्झौता नगर्न निर्देशन चलचित्र ‘पञ्चमी’ निर्माणको घोषणा उच्च गर्मीबीच फ्रान्समा डढेलो फैलिने क्रम जारी विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन सामुदायिक विद्यालयको गुणस्तर सुधारमा जोड, शिक्षामन्त्री पोखरेलद्वारा प्रधानाध्यापकसँग छलफल प्रभु बैंककी सिबिओ रश्मी पन्त बैंकिङ कसुर मुद्दामा पक्राउ, ४८ करोड कर्जा प्रकरणमा अनुसन्धान सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन संशोधन गर्न मानव अधिकार आयोगको सरकारलाई सिफारिस राष्ट्रपतिसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेट, राजनीतिक अवस्था र संसदीय गतिविधिबारे छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

हुमनोइड रोबोट ‘फ्ल्यास’ले बेइजिङमा हाफ म्याराथनको विश्व कीर्तिमान तोड्यो



अ+ अ-

काठमाडौँ। शेन्जेन अनर स्मार्ट टेक्नोलोजी डेभलपमेण्ट कम्पनी लिमिटेडको ‘फ्ल्यास’ नामको हुमनोइड रोबोटले आईतवार २०२६ बेइजिङ ई–टाउन हाफ म्याराथनमा विजय हासिल गरेको छ ।

फ्ल्यासले स्वायत्त नेभिगेसनमा ५०ः२६ को समयका साथ म्याराथन पूरा ग¥यो । जसले मानिसको हाफ म्याराथन विश्व रेकर्ड (५७ः२०) लाई समेत पछाडि पारेको छ ।

यो कार्यक्रमको दोस्रो संस्करणमा प्रवेश गर्दै गर्दा हुमनोइड रोबोटहरूले उल्लेखनीय प्रगति गरेका छन् र दौडमा थप छिटो र स्थिर हुने प्राविधिक सफलताहरू प्रदर्शन गरेका छन् ।

यस वर्ष जर्मनी, फ्रान्स र ब्राजिल लगायतका देशहरूबाट १०० भन्दा बढी टोलीहरूले सहभागिता जनाएका थिए । प्रतिष्पर्धाका नियमहरूअनुसार सुरक्षा सुनिश्चित गर्न रोबोट र मानव धावकहरूले एउटै बाटो तर छुट्टाछुट्टै लेनहरू प्रयोग गरेका थिए । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल