२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाको लुजियाना गोलीकाण्ड: १ देखि १४ वर्ष उमेरका ८ बालबालिकाको मृत्यु



अ+ अ-

अमेरिकाको Louisiana राज्यस्थित श्रेभपोर्ट शहरमा भएको एक  गोलीकाण्डमा १ देखि १४ वर्ष उमेर समूहका आठ जना बालबालिकाको ज्यान गएको छ। प्रहरीले यस घटनालाई “घरेलु विवाद” (domestic disturbance) सँग जोडिएको जनाएको छ।

प्रहरीका अनुसार स्थानीय समयअनुसार बिहान करिब ५:०० बजे घटना सुरु भएको थियो। एक जना बन्दुकधारीले कुल १० जनामाथि गोली चलाएका थिए। घटनापछि उनी चोरी गरिएको गाडीमा भागेका थिए। पछि प्रहरीले उनलाई पछ्याएर गोली हानी मारिएको पुष्टि गरेको छ।

श्रेवपोर्टका मेयर Tom Arceneaux ले घटनाप्रति दुःख व्यक्त गर्दै भने, “हामीसँग पीडित परिवारहरू छन्, पीडित प्रहरी अधिकारीहरू छन्, र यो घटनाले सम्पूर्ण समुदायलाई असर पारेको छ। हामी सबै मिलेर यी परिवारहरूसँग शोक व्यक्त गर्छौं।”

प्रहरीले मृतक तथा संदिग्ध आक्रमणकारीको पहिचान सार्वजनिक गरेको छैन। तर, मारिएका बालबालिकामध्ये केहीको सम्बन्ध आक्रमणकारीसँगै रहेको बताइएको छ।

गोलीकाण्ड एउटै ब्लकभित्रका दुई घर र नजिकैको अर्को एउटा घरमा भएको प्रहरीले जनाएको छ।

यस घटनाले सम्पूर्ण समुदाय स्तब्ध बनेको छ भने सुरक्षाका विषयमा गम्भीर चिन्ता बढाएको छ।