१३ श्रावण २०८३, बुधबार
,
Latest
एक अर्ब ८९ करोडभन्दा बढीको हुण्डी कारोबारमा संलग्न आरोपित पक्राउ चिकित्सकमाथि भएको आक्रमणको विरोधमा देशभरका स्वास्थ्य सेवा प्रभावित, माईतीघरमा प्रदर्शन (तस्बिरसहित) राजनीतिक दल र निर्वाचन प्रणालीमा व्यापक सुधारको खाँचोः सांसद केसी प्रश्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीको कार्ययोजनाः विदेशमा रहेका नेपालीलाई मताधिकार र प्रविधिमैत्री निर्वाचनमा जोड प्रश्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीविरुद्ध संसदीय सुनुवाई समितिमा उजुरीकर्ताको बयानः ५० करोड नोक्शानी पुर्‍याएको आरोप निष्क्रिय राजनीतिक दल खारेज र राज्यद्वारा फण्डिङको व्यवस्था गर्ने प्रश्तावित प्रमुख आयुक्त कार्कीको कार्ययोजना शुक्लाफाँटामा बाघको सङ्ख्या ५० पुग्यो सन्तानका लागि विवाह, त्यसपछि हिंसा : चीनमा बेचिँदै नेपाली युवती आज अपराह्न ३ बजे मन्त्रिपरिषद् बैठक बस्दै हसिनाको स्वदेश फर्किने घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरेबगर-घोडेपानी सडकको हल्लेखर्क खण्ड श्रमदानबाट मर्मत



अ+ अ-

म्याग्दी। अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट म्याग्दीको प्रमुख पर्यटकीयस्थल घोडेपानी जोड्ने सडकको हल्लेखर्क खण्डको श्रमदानमार्फत मर्मत सुरु गरिएको छ ।

अन्नपूर्ण गाउँपालिका-६ पोखरेबगर, बिरौटा, हल्लेखर्क, कुरमुनी, भुवानीथान र घारका स्थानीयद्वारा स्वस्फूर्त रूपमा श्रमदान गरी सडक मर्मत थालिएको हो ।

स्थानीयले यसअघि गत साता पनि दुई दिन श्रमदान गरेर सोही सडकको लुलियाघुम्तीको अप्ठ्यारो सडकमा ढुङ्गा बिछ्याएर सोलिङ गरी मर्मत गरेका थिए । अन्नपूर्ण गाउँपालिका-६ का वडाध्यक्ष रामबहादुर खड्काले वडाका जनप्रतिनिधिसहित ४० जनाले आज दिनभर श्रमदान गरेर १५ मिटर दूरीको सडकमा सोलिङ गरेर पोखरेबगर-घोडेपानी खण्डमा सवारीसाधान सञ्चालन गर्न सकिने बनाएका जानकारी दिनुभयो ।

सडक मर्मतपछि सहज रूपमा ठूला र मालवाहक सवारीसाधन सञ्चालन हुन थालेका वडाध्यक्ष खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय युवा राजाराम बरुवाल, बिपिन बरुवाल, रामकृष्ण खड्काको समन्वयमा सडक मर्मतका लागि श्रमदान अभियान सञ्चालन भएको हो ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्य आज श्रमदान भइरहेको ठाउँमा पुगेर सहभागीलाई हौसला प्रदान गर्नुभएको थियो । लुलियाघुम्ती र हल्लेखर्च पहिरोको जोखिमयुक्त क्षेत्रका रूपमा मानिनाका साथै जीर्ण अवस्थाका कारण स्थानीयका साथै पर्यटकीयस्थल घोडेपानी भ्रमणमा जाने पर्यटकलाई आवागमनमा समस्या हुँदै आएको थियो । पहिरोका कारण साँघुरिएको, ग्रेड र मोड नमिलेको लुलियाघुम्ती र हल्लेखर्क पहिरोमा सवारीसाधन उक्लन नसक्ने, बीचमा अड्किने र दुर्घटना हुने समस्या बढेको थियो ।

सङ्घीय सरकारले बजेट विनियोजन गरेको उक्त आयोजना कार्यान्वयनमा भएको ढिलाइका कारण जोखिम बढेपछि समुदायस्तरबाट श्रमदान गरेर अस्थायी रूपमा मर्मत गरिएको वडाध्यक्ष खड्काले बताउनुभयो । ग्यावियन जाली, ढुङ्गा ढुवानी, खाजा, डोजर परिचालनका लागि मुक्तिनाथ केबुलकार प्रालिबाट रु ५० हजार नगद र अन्य दाताबाट आवश्यक सामग्री सहयोग भएको अन्नपूर्ण गाउँपालिकाले जनाएको छ । जनप्रतिनिधिहरूबाट निरन्तर ताकेता भएपछि स्थानीय पूर्वाधार विकास कार्यालय पोखराले बिहीबार मात्रै रु तीन करोड बजेट विनियोजन भएको उक्त आयोजना कार्यान्वयनका लागि ठेक्का आह्वान गरेको छ ।

यसैबीच, यतिबेला घोडेपानीको वनपाखा लालीगुराँस फुलेर रङ्गिएको छ । कास्कीको बिरेठाटीतर्फबाट पनि घोडेपानी सडकले जोडिएको छ । बिरेठाँटी उल्लेरी हुँदै घोडेपानी जोड्ने सडक नयाँ मार्ग खोलेकाले भालेओडार क्षेत्रमा हिलोमा फस्ने समस्या छ ।

अहिले लालीगुराँसको जङ्गल, पुनहिलबाट हिमशृङ्खला अवलोकनका लागि सवारीसाधन चढेर घोडेपानी जाने आन्तरिक पर्यटकको चाप बढेको स्थानीय बताउँछन् ।  रासस




भर्खरै