१३ श्रावण २०८३, बुधबार
,
Latest
थापाथली तार आगलागीपछि सरकार सक्रिय, दीर्घकालीन व्यवस्थापनको कार्ययोजना अघि बढाइँदै सर्वदलीय बैठकको संयुक्त वक्तव्य: हिंसा रोक्न, संवाद बढाउन र दोषीलाई कारबाही गर्न माग नेपालमा बाघको सङ्ख्या ४२९ शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयन कार्ययोजना सार्वजनिक सामाजिक सद्भाव र शान्ति सुव्यवस्था कायम गर्न राजनीतिक दलहरू एकमतः रवि लामिछाने सुनसरी घटना समाधान गर्न प्रधानमन्त्रीज्यूले विशेष र यथेष्ट पहल लिइरहनुभएको छ : अर्थमन्त्री डा. वाग्ले प्रधानमन्त्री र गृहमन्त्रीलाई गोकुल बास्कोटाको व्यंग्य, ‘ मशान जाग्ने बेला मात्रै बिउँझिन्छन्’ स्वास्थ्यकर्मी सुरक्षा समन्वय समितिको बैठक सम्पन्न, नियमित बैठक बस्ने निर्णय नेता गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्न सानेपा पुगे रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली टोली छैटौं एशियन बिच गेम्स खेल्न जाँदै



अ+ अ-

काठमाडौँ। छैटौं एशियन बिच गेम्स २०२६ मा प्रतिष्पर्धा गर्ने दुई खेलका खेलाडीलाई चीन प्रस्थान गर्दैछन् ।

सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटी (एनओसी) ले आईतवार कार्यालय सातदोबाटोमा खेलाडीहरुलाई बिदाई गरेको हो । चीनको सानियामा हुने छैटौँ एसियन बीच गेम्सका लागि नेपालको तर्फबाट २ वटा खेलले सहभागिता जनाउनेछ । नेपालबाट महिला कबड्डी टिम र कुस्तीले नेपालको तर्फबाट छैटौँ एशियन बीच गेम्समा प्रतिष्पर्धा गर्नेछन् ।

नेपालको लागि यस प्रतियोगितामा कबड्डीबाट ६ खेलाडीसहितको टिम र कुस्तीमा पुरुषतर्फ २ र महिलातर्फ १ खेलाडीले प्रतिष्पर्धा गर्नेछन् । पुरुषतर्फ सुरेश चुनाराले ८० किलोमा प्रतिष्पर्धा गर्नेछन् भने त्रिलोकी प्रसाद यादवले ९० केजी माथिको तौलमा प्रतिष्पर्धा गर्नेछन् । महिलातर्फ सुशिला चन्दले ७० केजीमा प्रतिस्पर्धा गर्नेछिन् ।

खेलाडीलाई बिदाई गर्दै ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले खेलाडीलाई आफ्नो उत्कृष्ट दिँदै नेपालको नाम उच्च राख्दै खेल्न अनुरोध गरे । उनले यस पटक चाहेर पनि नेपालबाट धेरै खेल सहभागी गराउन नसकेको भन्दै खेलेका खेलहरूले राम्रो प्रदर्शन गरी नेपालको नाम राख्न शुभकामना दिए ।

‘विश्ववरियताका आधारमा सहभागी हुन पाउने भएकाले धेरै खेल सहभागी गराउने इच्छा हुँदा पनि हामीले सहभागिता गराउन सकेनौँ। तर सहभागी तपाईंहरुले नेपालको नाम राख्ने गरी राम्रो प्रदर्शन गर्नुहोला ।’

बिदाई कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष चतुरानन्द वैद्य, महासचिव राजिव श्रेष्ठ लगायतका पदाधिकारीहरु उपस्थित रहेका थिए । –न्युज एजेन्सी नेपाल