११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित

चन्द्रगढी विमानस्थललाई अन्तर्राष्ट्रिय उडानसहितको क्षेत्रीय विमानस्थलका रूपमा विकास गरिँदै

चन्द्रगढी विमानस्थललाई अन्तर्राष्ट्रिय उडानसहितको क्षेत्रीय विमानस्थलका रूपमा विकास गरिँदै
अ अ+ अ-

दमक । झापाको चन्द्रगढी विमानस्थललाई अन्तर्राष्ट्रिय उडानसहितको क्षेत्रीय विमानस्थलका रूपमा विकास गरिने भएको छ । यसको विस्तृत गुरुयोजना बनिसकेको र गुरुयोजनाअनुसार काम सुरु भएको समेत बताइएको छ । विमानस्थलको स्तरोन्नति र विकासका लागि कम्तीमा थप एक सय बिघा जमिन आवश्यक पर्ने गुरुयोजनामा उल्लेख छ । चन्द्रगढी विमानस्थलको स्तरोन्नतिका लागि भइरहेको काम र यसको गुरुयोजनाको विषयमा मङ्गलबार झापाको विर्तामोडमा छलफल भएको छ ।

गुरुयोजना सार्वजनिकसहितको छलफलमा सहभागी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले यस विमानस्थललाई सुविधा सम्पन्न बनाउन कुनै कसर नराखिने प्रतिबद्धता जनाए । अहिले मुलुकभरका विमानस्थलको स्तरोन्नति भइरहेको जनाउँदै उनले त्यसमा यो पनि परेको उनले जानकारी दिए । जग्गा अधिग्रहणलगायतका विषयमा भएका समस्या हल गरेर सबै यसमा लाग्नु पर्छ, उनले भने । विमानस्थलको स्तरोन्नति र विकासले यस क्षेत्रको विकासमा सहयोग पुग्ने भन्दै यसको विरोध एवं असहयोग नगर्न उनको आग्रह थियो ।

मन्त्री भट्टराईले आगामी दस वर्षभित्रमा नेपालको नागरिक उड्डयन क्षेत्र विश्वस्तरीय बन्ने दाबी पनि गरे । नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक राजन पोखरेलले झापाको चन्द्रगढी विमानस्थलको स्तरोन्नति र विकासका लागि जग्गा व्यवस्थापन सबैभन्दा महत्वपूर्ण पाटो भएको बताए । उनले गुरुयोजनाअनुसार काम गर्न जग्गा अधिग्रहणको काम चाँडो अगाडि बढाउनुपर्नेमा जोड दिए । झापा कारागार, जिल्ला प्रशासन कार्यालयलगायतका सरकारी कार्यालयहरू रहेको स्थान विमानस्थलका लागि आवश्यक हुने उनले जनाए ।

यसअघि नेपाली सेनाको ब्यारेकसमेत हटाउन बारम्बार प्रयास हुँदै आएको छ । केही सरकारी महìवपूर्ण संरचनाहरू अहिले विमानस्थल विस्तारका लागि बाधक बन्न सक्ने भएकाले यसको व्यवस्थापन गर्न आवश्यक छ, पोखरेलले भने । अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउन अहिलेको रन वे लाई बढाउने, नयाँ सुविधा सम्पन्न टर्मिनल भवन निर्माण, जहाज पार्किङस्थल विस्तार, विमानस्थल आवतजावत सहजताका लागि सडक निर्माणलगायतका काम गुरुयोजनामा समेटिएको सो अवसरमा जानकारी गराइएको थियो । यसका लागि चार अर्ब २० करोड रुपियाँ लागत लाग्ने गुरुयोजनामा उल्लेख छ ।

नागरिक उड्डयन प्राधिकरण चन्द्रगढीका प्रमुख पूर्ण चुडालका अनुसार यहाँबाट भारतको कलकत्ता, बङ्गालादेश र भुटानको उडान सम्भावाना छ । केही समयपछि नै चन्द्रगढी विमानस्थलबाट क्षेत्रीय उडान सुरु हुने र पोखरा उडानका लागि आवश्यक तयारी पूरा भएको उनको भनाइ थियो । गोरखापत्र दैनिकबाट