११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित

स्वास्थ्य अवस्था स्थिर भएपछि मात्र प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणको निर्णय हुने

स्वास्थ्य अवस्था स्थिर भएपछि मात्र प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणको निर्णय हुने
अ अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था स्थिर भएपछि मात्र मिर्गौला प्रत्यारोपणको निर्णय हुने भएको छ । अझै पनि मिर्गौला प्रत्यारोपण गर्ने वा डायलासिसबाटै काम चलाइरहने भन्ने निक्र्यौल भई नसकेको हो । एपेन्टिसाइटको शल्यक्रियापछि प्रधानमन्त्री ओली १० मंसिरदेखि मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्स्प्लान्ट सेन्टरमा उपचाररत् छन् । उनको स्वास्थ्यका विषयमा विभिन्न टिकाटिप्पणी भइरहेका बेला निजी चिकित्सकले तत्काल प्रत्यारोपणका लागि कुनै निर्णय नभएको जनाएका हुन् ।

तत्कालको अवस्थामा प्रधानमन्त्रीको स्वास्थ्यलाई स्थिर राख्ने प्रयास भइरहेको बताएका छन् । ‘प्रधानमन्त्रीज्यू एउटा मेजर अप्रेसनपछि स्वास्थ्यलाभ गर्दै हुनुहुन्छ, उहाँको स्वास्थ्यलाई स्टेबल बनाउनु मात्र हाम्रो अहिलेको प्राथमिकता हो’, प्रधानमन्त्रीको उपचारमा संलग्न एक चिकित्सकले भने, ‘तुरुन्तै प्रत्यारोपण नगरी नहुने कुनै हतार पनि छैन । पहिले उहाँको स्वास्थ्यलाई स्टेबल बनाऔँ, त्यसपछि मात्रै के गर्ने भन्नेबारे छलफल गरौँला ।’ यद्यपि यसबीचमा उनका चिकित्सकले विभिन्न पक्षसँग छलफल भने गरेका छन् ।

ओलीका समस्या र समाधानका विषयमा चिकित्सक र सम्बन्धित पक्षसँग छलफल भने चलिरहेको चिकित्सक स्रोतले जानकारी दिएको छ । १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको मिर्गौलामा समस्या देखिएपछि यसबीचमा डायलासिस समेत गरिएको छ । नियमित डायलासिस गर्ने वा मिर्गौला नै प्रत्यारोपण गर्ने भन्नेबारे चिकित्सकहरू कुनै टुंगोमा पुगेका छैनन् । प्रधानमन्त्री ओलीले १६ मंसिरमा अस्पतालबाट दिएको भिडिओ सन्देशमार्फत् मेजर अप्रेसनपछि आफू ठीक हुँदै गएको जानकारी गराएका थिए ।

यता, अस्पतालले भने प्रधानमन्त्री ओलीलाई डिस्चार्ज गर्ने तयारी थालेको छ । ‘प्रधानमन्त्री ओलीको स्वास्थ्य निक्कै राम्रोसँग सुधार आएको छ’, एक चिकित्सकले भने,‘उहाँ अस्पताल भित्रै हिँडडुल र सामान्य अवस्था जस्तै बस्न थाल्नु भएको छ ।’ उनका अनुसार इन्फेक्सन नहोस् भन्नका लागि मात्र अस्पताल राखिएको र एक वा दुई दिन भित्र डिस्चार्ज गरिने बताए ।

सेन्टरका कार्यकारी निर्देशक प्रा.डा.उत्तमकृष्ण श्रेष्ठले पनि प्रधानमन्त्रीको स्वास्थ्यमा निक्कै सुधार भएको जानकारी दिए । ‘उहाँको मिर्गौलालगायत समग्र स्वास्थ्यस्थिति राम्रो रहेको छ, स्वास्थ्यमा उल्लेखनीय सुधार आएको छ, शल्यक्रिया गरिएको घाउ निको हुँदै गएको छ,’ श्रेष्ठले भने । सौर्य दैनिकबाट