७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप

बोतल, जार पानीको मूल्य समायोजन गर्न उद्योगीको माग

बोतल, जार पानीको मूल्य समायोजन गर्न उद्योगीको माग
अ+ अ-

काठमाडौँ । नेपाल पानी उद्योग महासंघले कच्चा पदार्थ तथा सञ्चालन लागतमा तीव्र वृद्धि भएपछि बोतल तथा जार पानीको मूल्य समायोजन गर्नुपर्ने अवस्था आएको जनाएको छ।

महासंघले जारी गरेको विज्ञप्तिमा उद्योग सञ्चालन लागत अस्वाभाविक रूपमा बढेकाले हालको मूल्यमा पानी बिक्री गर्न कठिन भएको उल्लेख गरिएको छ।

महासंघका अनुसार प्लास्टिक बोतल, जार, ढक्कन, लेबल, प्याकेजिङ सामग्रीलगायत कच्चा पदार्थको मूल्यमा ४० प्रतिशतभन्दा बढी मूल्यवृद्धि भएको छ।

साथै डिजेल, पेट्रोलियम पदार्थ, ढुवानी खर्च तथा विद्युत् शुल्कमा वृद्धि हुँदा उद्योगहरू थप दबाबमा परेका छन्। अन्तर्राष्ट्रिय बजारमा देखिएको अस्थिरता र आपूर्ति प्रणालीमा आएको अवरोधले पनि लागत बढाउन भूमिका खेलेको छ।

नेपालमा ६५० भन्दा बढी पानी उद्योग सञ्चालनमा रहेका छन्, जसले ३० हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिँदै आएका छन्। महासंघले यो क्षेत्र राष्ट्रिय अर्थतन्त्र, राजस्व संकलन, रोजगारी सिर्जना र उपभोक्तालाई सुरक्षित खानेपानी उपलब्ध गराउने दृष्टिले महत्वपूर्ण रहेको उल्लेख गरेको छ।

महासंघले उद्योगीहरूलाई बढेको लागतअनुसार उत्पादित पानीको मूल्य समायोजन गरी बिक्री वितरण गर्न आग्रह गरेको छ। साथै, सरकारले उद्योग सञ्चालन सहज बनाउन, कच्चा पदार्थको उपलब्धता सुनिश्चित गर्न र लागत नियन्त्रणका उपाय अवलम्बन गर्नुपर्नेमा जोड दिएको छ।

महासंघले उपभोक्ता, वितरक, सञ्चारमाध्यम तथा सरोकारवाला निकायहरूलाई उद्योगको संरक्षण, रोजगारी निरन्तरता र सेवा प्रवाह कायम राख्न सहयोग गर्न पनि आग्रह गरेको छ।