२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

सर्वत्र असहयोगका बाबजुद अहिले नसकिएको राप्रपा कहिल्यै सकिँदैन, समाप्त हुँदैन: प्रवक्ता मोहन श्रेष्ठ

सर्वत्र असहयोगका बाबजुद अहिले नसकिएको राप्रपा कहिल्यै सकिँदैन, समाप्त हुँदैन: प्रवक्ता मोहन श्रेष्ठ
अ अ+ अ-

काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहन कुमार श्रेष्ठले राप्रपाबारे भ्रम फैलाइएको र गलत भाष्य बनाइएको छ भन्दै पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन महाधिवेशनको पक्षमा नभएको भनी गरिएको प्रचार गलत भएको बताउनु भएको छ ।

प्रवक्ता श्रेष्ठले सामाजिक संजालमा लामो स्टाटस लेख्दै भन्नु भएको छ, “पार्टी अध्यक्ष लिङ्देन समयमै महाधिवेशन गर्नका लागि त्यसको प्रक्रियामा उहिल्यै प्रवेश गरिसक्नु भएको हो ।”

महाधिवेशनका लागि न्यूनतम शर्त भनेको जिल्लाहरुको अधिवेशन सम्पन्न हुनुपर्छ भन्दै प्रवक्ता श्रेष्ठले भन्नु भएको छ, “अध्यक्षको गृह जिल्ला झापाको जिल्ला अधिवेशन समेत धेरैअघि सम्पन्न भइसकेको छ। पार्टीले स्थानीय तह हुँदै जिल्ला अधिवेशन सम्पन्न गर्न दुईपटक म्याद थप गरिसकेको छ। दुई दर्जन बढी जिल्लाहरुको अधिवेशन भइसेको छ। बरु महाधिवेशनको चर्का कुरा गर्ने साथीहरुको जिल्लामा अधिवेशन भइनसकेको यहाँ प्रष्ट पार्न चाहन्छु।”

पार्टीका बारे अनर्गल दुष्प्रचार गर्नेहरुले भोलि पनि यहि पार्टीमा बस्नुपर्ने हो, यहि पार्टी नै बनाउने हो भन्ने कुरा समेत बिर्सेर प्रदुषण फैलाइरहँदा नमज्जा लागिरहेको छ भन्दै श्री श्रेष्ठले भन्नु भएको छ, “उमेदवार नबन्ने, पार्टीका उमेदवारहरुलाई सहयोग नगर्ने, पार्टी राष्ट्रिय पार्टी बन्छ कि भनेर चिन्ता गर्ने, राप्रपालाई भोट दिनु पर्दैन भन्ने, स्वयं पनि भोट समेत हाल्न नजानेहरुले खुल्ला रुपमा पार्टीमा नैतिकताको खोजी गरिरहेको देख्दा उदेक पनि लाग्छ। यो आरोप होइन, केही साथीहरुले सगौरव भनेका, सुनाएका र लेखेका कुराहरु हुन्।”

उहाँले भन्नु भएको छ, “राप्रपामा कुनै निर्णय पनि अध्यक्षको एकल निर्णयबाट लिइएको छैन । अध्यक्षको बितेको चारवर्षे कार्यकालमा कुनै पनि विषयमा फरक मत आउॅछन्, आएका छन् तर ‘नोट अफ डिसेन्ट’ लेखिएको छैन। विशेष परिस्थितिमा तत्काल कुनै निर्णय लिन परिहालेको खण्डमा अनुमोदनका लागि कार्यसम्पादन समितिको बैठकमा आउने गरेको छ। छलफलबाट टुंगो लगाउने गरिएको छ। यस बीचमा कुनै निर्णय भएका रहेछन् भने त्यो समेत कार्यसम्पादनमा आइहाल्छ। व्यर्थको जग हॅसाउने काम गरिरहनुको अर्थ छैन ।”

“जेठमा महाधिवेशन भने राप्रपा समाप्त हुने खालका अभिव्यक्ति जिम्मेवार व्यक्तिहरुबाट सार्वजनिक हुनु दु:खद छ। सबै कुरा गैरजिम्मेवार ढंगबाट लेख्न मिलेन तर यति चाहिँ भन्छु, सर्वत्र असहयोगका बाबजुद अहिले नसकिएको राप्रपा कहिल्यै सकिँदैन, समाप्त हुँदैन ।

“जहाँसम्म महाधिवेशनको कुरा छ, त्यो त महाधिवेशनको माग गर्ने साथीहरुलाई भन्दा अध्यक्षलाई चाँडो चाहिएको होला । गिजोलिएको मन, विपक्षी दलहरुभन्दा पनि पाइला पाइलामा असहयोगी र असहिष्णु साथीहरु बोकेर लक्ष्यमा पुगिन्न, ताजा जनादेशबाट नयाँ ढंगको पार्टी चलाउने मन उहाँलाई पनि होला।

जिते शानदार ढंगबाट पार्टी चलाउने, हारे अरुलाई सहयोग गर्ने । सायद उहाँलाई यसको पूर्वअनुभूति हुनुपर्छ, आफ्नो कार्यकाल नसकिदै महाधिवेशनको तयारीमा लाग्नुको कारण यो पनि होला ।”