६ श्रावण २०८३, बुधबार
,
Latest
आन्तरिक राजस्व कार्यालय भरतपुरद्वारा २७ अर्ब राजस्व सङ्कलन अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म जलवायु परिवर्तनलाई विकासको मूल एजेण्डा बनाउनुपर्छः गगन थापा एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्रीले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्दै पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

नाइजेरियामा अपहरणमा परेका पीडितहरूको उद्धार



अ+ अ-

काठमाडौं । नाइजेरियाको मध्य बेन्यु राज्यमा बुधवार अपहरणमा परेका १४ जना मध्ये धेरैलाई उद्धार गरिएको स्थानीय प्रहरीले जनाएको छ ।

नाइजेरियामा उत्तरी भागमा फिरौतीका लागि अपहरणजन्य घटनाहरु बढेको जनाइएको छ भने लामो समय देखि देशले यस्ता आक्रमणको निरन्तर सामना गरिरहेको छ । यस्ता आक्रमणहरू आपराधिक गिरोहहरू र जिहादीहरूद्वारा गर्ने गरिएको जनाइएको छ ।

बेन्यु राज्यमा मुस्लिम फुलानी गोठालाहरू र मुख्यतया इसाई किसानहरू बिच भूमि र प्राकृतिक स्रोतहरूलाई लिएर नियमित रूपमा तनावको सामना गर्नुपरेको छ ।

प्रहरी र अन्य सुरक्षा निकायहरूद्वारा सञ्चालित संयुक्त सुरक्षा कारबाहीमा, कार्यकर्ताहरूले आमला वन र छेउछाउका क्षेत्रहरूमा लक्षित खोजी र उद्धार अभियान सञ्चालन गरिरहेका बेन्यु राज्य प्रहरी प्रवक्ता उडेमे एडेटले विज्ञप्ति मार्फत जनाए ।

अपरेसनले केही पीडितहरूको सफल उद्धार गरी हाल चिकित्सा उपचारमा रहेको जनाइएको छ ।

प्रवत्ताले उद्धार गरिएका व्यक्तिहरूको सङ्ख्या निर्दिष्ट नगरी सात जना संदिग्धलाई पनि पक्राउ गरिएको बताए । अपहरण गरिएका व्यक्तिहरू मकुर्दी सहर जाने बसका यात्रुहरू रहेको प्रहरीले पुष्टि पारेको छ ।