२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यालय शुल्क निर्धारणसहितको विवरण पेस गर्न निर्देशन



अ+ अ-

काठमाडौं । जनकपुरधाम उपमहानगरपालिकाले पालिकाभित्र सञ्चालनमा रहेका संस्थागत विद्यालयलाई शुल्क निर्धारणसहित अन्य सम्पूर्ण विवरण अनिवार्य रूपमा पेस गर्न लिखित सूचना जारी गरेको छ ।

जनकपुरधाम उपमहानगरपालिकाको शिक्षा तथा खेलकुद विकास शाखाद्वारा आज जारी सूचनामा उपमहानगरभित्र सञ्चालनमा रहेका संस्थागत विद्यालयलाई शैक्षिक तथा प्रशासनिक तथा शैक्षिकसत्र २०८३ का लागि लागू गरिने सम्पूर्ण शुल्क विवरण् सहित आवश्यक कागजात सात दिनभित्र पेस गर्न निर्देशन जारी गरेको हो ।

सो पालिकाको नगर शिक्षा समितिको गत चैत ३० गते बसेको बैठकले गरेको निर्णयअनुसार सो निर्देशन गरिएको विज्ञप्तिमा जनाइएको छ । विद्यालय वर्गीकरण गर्दा संस्थागत विद्यालय मापदण्ड निर्देशिका, २०६१ तथा विद्यालय वर्गीकरण एवम् शुल्क निर्धारण कार्यविधि, २०८१ अनुसार कुन वर्गमा विद्यालय पर्छ भन्ने स्पष्ट आधार खुलाउनुपर्ने सूचनामा उल्लेख छ ।

त्यस्तै, कक्षा १ देखि १२ सम्म अध्ययन, अध्यापन गराइने पाठ्यपुस्तक, पाठ्यसामग्री तथा सिकाइ सामग्रीको विस्तृत सूची पनि पब्लिकेसनका नाममा ठेगानासहित बुझाउनुपर्ने शिक्षा तथा खेलकुद विकास शाखाकी प्रमुख अञ्जु पाण्डेले बताइन् ।

सूचनामार्फत विद्यालयमा हुने अनियमितता रोक्न शुल्क व्यवस्थापन र शैक्षिक सामग्रीमा पादर्शिता कायम गर्न सो सूचना जारी भएको उनले जानकारी दिइन् । सूचना प्रकाशन भएको मितिले सात दिनभित्र विवरण पेस नगर्ने विद्यालयलाई कारबाही गरिने उनलेे बताइन् ।