३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा मिनी बस दुर्घटना हुदाँ दश जनाको मृत्यु



अ+ अ-

काठमाडौं । दक्षिणी भारतीय राज्य तमिलनाडुको एउटा खोलामा खसेर मिनी बसेर दुर्घटना हुँदा कम्तीमा दश जनाको मृत्यु हुनुका साथै अन्य घाइते भएको अल इन्डिया रेडियो (एआईआर) ले जनाएको छ ।

छिमेकी राज्य केरलाबाट तमिलनाडुमा घुम्नका लागि आएका मानिसहरु बोकेको मिनिबस दुर्घटना ग्रस्त भएको जनाइएको छ । आकाशवाणीका अनुसार दुर्घटना हुँदा भ्यानमा केरलाका १६ जना यात्रुहरु सवार रहेका थिए ।

दुर्घटनाको कारण हाल सम्म थाहा हुन नसकेको उल्लेख गर्दै प्रहरीले मुद्दा दर्ता गरी दुर्घटनाको गहन अनुसन्धानको सुरुवात गरी सकेकोे बताएको छ ।