१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन News Polar प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम News Polar नेप्से परिसूचक ९ अङ्कले घट्यो News Polar असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग

कञ्चनपुरको विनवारीमा जैविक तटबन्ध निर्माण सुरु

कञ्चनपुरको विनवारीमा जैविक तटबन्ध निर्माण सुरु
अ अ+ अ-

काठमाडौं । कञ्चनपुरको दोदा नदीको कटानबाट उच्च जोखिममा रहेको लालझाडी गाउँपालिका–१ विनवारीमा जैविक तटबन्ध निर्माण सुरु गरिएको छ ।

गैरसरकारी संस्थासँगको लागत साझेदारीमा गाउँपालिकाले करिब छ सय मिटर लामो तटबन्ध निर्माण सुरु गरेको हो ।

पेसवान र एनएनएसडब्लुए नामक संस्थासँगको सहकार्यमा योजना कार्यान्वयन गरिएको गाउँपालिका अध्यक्ष निर्मल रानाले जानकारी दिए । उनका अनुसार तटबन्ध निर्माणका लागि गाउँपालिकाले २२ लाख दुई हजार ८८५ रूपैयाँ, पेसवानले १३ लाख ७४ हजार ७१८ रूपैयाँ र एनएनएसडब्लुएले सात लाख ६६ हजार ८४ रूपैयाँ लागत साझेदारी गरेका छन् ।

स्थानीय समुदायले एक लाख ३५ हजार रूपैयाँ बराबरको जनश्रमदान गर्नेछन् भने प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत अदक्ष कामदार परिचालन गर्ने व्यवस्था मिलाइएको छ । विनवारी क्षेत्रमा दोदा नदीले बर्सेनि जमिन कटान गर्दै आएको छ ।

सीमित बजेटका कारण तटबन्ध निर्माण सम्भव नभएपछि साझेदारीमा कार्य अगाडि बढाइएको अध्यक्ष रानाले बताए । “बर्सात सुरु हुनुअघि नै निर्माण सम्पन्न गर्ने लक्ष्य राखेका छौँ,” उनले भने  । पेसवानका प्राविधिक जनक लेखकका अनुसार हाल तटबन्ध निर्माणका लागि बाँस गाड्ने काम सुरु भइसकेको छ ।

“बाँस गाडेर र बुनेर संरचना तयार गरिन्छ, त्यसपछि जियोब्यागमा माटो भरेर राखिन्छ,” उनले भने, “तटबन्धलाई दिगो बनाउन भेटिभरजस्ता गहिरो जरा भएका बिरुवा रोपिन्छ ।” तटबन्ध निर्माण सम्पन्न भएपछि विनवारीका १५० भन्दा बढी किसानको जमिन नदी कटानबाट सुरक्षित हुने छ ।जैविक तटबन्ध वातावरणमैत्री र कम लागतमा निर्माण गर्न सकिने भएकाले दीर्घकालीन रूपमा प्रभावकारी समाधान हुने बताइएको छ ।