४ श्रावण २०८३, सोमबार
,
Latest
बजेट कार्यान्वयनका लागि कार्यविधि र निर्देशिका साउन मसान्तभित्र तयार पार्न निर्देशन बजेटको प्रभावकारी कार्यान्वयन गर्न अर्थमन्त्री डा वाग्लेद्वारा निर्देश कोलकाताबाट आइपुग्यो ‘कार्गो रेल’ वन कार्यालयको स्कोरपियोसँग ठोक्किँदा महिलाको मृत्यु विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्रबिच सहकार्य आवश्यक : सञ्चारमन्त्री डा. तिमिल्सिना बालयौन दूराचारमा अमेरिकी अदालतबाट पनि दोषी ठहर भए केनेथ ‘कानुन सुधार र निर्माण वर्ष’लाई सफल बनाउन आग्रह चलचित्र क्षेत्र प्रवर्द्धनका लागि सरकारले आवश्यक सहयोग गर्छ : सञ्चारमन्त्री डा तिमिल्सिना खाद्य तथा कृषि सङ्गठनको सहकार्यमा खाद्य प्रणाली सुदृढीकरण परियोजना सुरु कानून सुधार र निर्माणको वर्ष : लक्ष्य पूरा गर्न मन्त्रालयगत छलफल थालियो, प्रत्येक महिना हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कञ्चनपुरको विनवारीमा जैविक तटबन्ध निर्माण सुरु



अ+ अ-

काठमाडौं । कञ्चनपुरको दोदा नदीको कटानबाट उच्च जोखिममा रहेको लालझाडी गाउँपालिका–१ विनवारीमा जैविक तटबन्ध निर्माण सुरु गरिएको छ ।

गैरसरकारी संस्थासँगको लागत साझेदारीमा गाउँपालिकाले करिब छ सय मिटर लामो तटबन्ध निर्माण सुरु गरेको हो ।

पेसवान र एनएनएसडब्लुए नामक संस्थासँगको सहकार्यमा योजना कार्यान्वयन गरिएको गाउँपालिका अध्यक्ष निर्मल रानाले जानकारी दिए । उनका अनुसार तटबन्ध निर्माणका लागि गाउँपालिकाले २२ लाख दुई हजार ८८५ रूपैयाँ, पेसवानले १३ लाख ७४ हजार ७१८ रूपैयाँ र एनएनएसडब्लुएले सात लाख ६६ हजार ८४ रूपैयाँ लागत साझेदारी गरेका छन् ।

स्थानीय समुदायले एक लाख ३५ हजार रूपैयाँ बराबरको जनश्रमदान गर्नेछन् भने प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत अदक्ष कामदार परिचालन गर्ने व्यवस्था मिलाइएको छ । विनवारी क्षेत्रमा दोदा नदीले बर्सेनि जमिन कटान गर्दै आएको छ ।

सीमित बजेटका कारण तटबन्ध निर्माण सम्भव नभएपछि साझेदारीमा कार्य अगाडि बढाइएको अध्यक्ष रानाले बताए । “बर्सात सुरु हुनुअघि नै निर्माण सम्पन्न गर्ने लक्ष्य राखेका छौँ,” उनले भने  । पेसवानका प्राविधिक जनक लेखकका अनुसार हाल तटबन्ध निर्माणका लागि बाँस गाड्ने काम सुरु भइसकेको छ ।

“बाँस गाडेर र बुनेर संरचना तयार गरिन्छ, त्यसपछि जियोब्यागमा माटो भरेर राखिन्छ,” उनले भने, “तटबन्धलाई दिगो बनाउन भेटिभरजस्ता गहिरो जरा भएका बिरुवा रोपिन्छ ।” तटबन्ध निर्माण सम्पन्न भएपछि विनवारीका १५० भन्दा बढी किसानको जमिन नदी कटानबाट सुरक्षित हुने छ ।जैविक तटबन्ध वातावरणमैत्री र कम लागतमा निर्माण गर्न सकिने भएकाले दीर्घकालीन रूपमा प्रभावकारी समाधान हुने बताइएको छ ।