१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने News Polar पदमार्ग र पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य बन्दै भाेजपुरकाे ऐतिहासिक कोटगढी News Polar पहिरोबाट उद्धार गरिएका भन्छन, ‘नयाँ जीवन पायौँ’ News Polar मस्र्याङ्दी नदीमा जलसतह घट्यो, तत्काल चिन्ता गर्नुपर्ने अवस्था छैन : जिल्ला प्रशासन News Polar अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एआईआईबी अध्यक्ष जियायीबीच दोहामा भेटवार्ता, बाढीपछिको पुनर्निर्माण र पूर्वाधारमा लगानी बढाउन आग्रह News Polar ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ News Polar बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला News Polar कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

प्रधानमन्त्री कप क्रिकेटको उपाधि त्रिभुवन आर्मी क्लबलाई

प्रधानमन्त्री कप क्रिकेटको उपाधि त्रिभुवन आर्मी क्लबलाई
अ अ+ अ-

पर्सा। प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ ।

आज वीरगन्जको नारायणी रङ्गशालामा भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई पाँच विकेटले पराजित गर्दै उपाधि रक्षा गरेको हो ।

फाइनल खेलमा पहिलो व्याटिङ गरेको सृदूरपश्चिम प्रदेशले ३९.४ ओभरमा सबै विकेट गुमाउँदै १६१ रनमा सीमित भएको थियो । सुदूरपश्चिमका अशोक धामीले ४६ बल खेल्दै ४३ रन जोडेका थिए । त्यस्तै किरण ठगुन्नाले ४२ बल खेल्दै ३५ रन जोडेका थिए ।

त्यस्तै, सुदूरपश्चिमका नारायण जोशीले ३४ बल खेल्दै २९ रन जोडे । त्रिभुवन आर्मी क्लबका आकाश चन्द र साहाब आलमले सामान तीन–तीन विकेट लिएका थिए । जवाफी ब्याटिङमा उत्रिएको त्रिभुवन आर्मी क्लबले ३४.३ ओभरमा १६४ रन जोड्दै लक्ष्य पछ्याएको हो ।

त्रिभुवन आर्मी क्लबका इमरान शेखले ८२ बल खेल्दै ४६ रन जोडे भने बसिर अहमदले पनि ५६ बल खेल्दै ४५ रन जोेडे । सृदूरपश्चिमका हेमन्त धामीले दुई विकेट र अशोक धामीले एक विकेट लिएका थिए ।

आजको खेलमा त्रिभुवन आर्मी क्लबका बसिर अहमद प्लेयर अफ दी म्याच घोषित हुँदै नगद पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । प्रतियोगितामा प्लेयर अफ दी टुर्नामेन्टबाट लुम्बिनी प्रदेशका सन्तोष यादव बने । उनले प्रतियोगिताभरिमा २६५ रन र २१ विकेट लिएका थिए ।

त्यस्तै, वेष्ट बलरबाट सुदूरपश्चिमका हेमन्त जोशी बने । उनले प्रतियोगितामा २५ विकेट लिएका थिए । त्यस्तै वेष्ट ब्याटरबाट गण्डकी प्रदेशका अर्जुन कुमाल बने । उनले प्रतियोगिताभरिमा ५०४ रन जोडेका थिए । इमर्जिङ प्लेयर मधेस प्रदेशका आशिक बैठा घोषित भएका छन् ।

प्रतियोगिताको विजेता टोली त्रिभुवन आर्मी क्लबले नगद रु १० लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता बनेको सुदूरपश्चिमले रु पाँच लाख नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।

प्रतियोगितामा तीन विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लब र सात प्रदेशका गरी १० टोलीको सहभागिता रहेको छ । रासस